नुवाकोटको विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
नुवाकोट : तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसारका अवसरमा नुवाकोटका विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्।
नुवाकोटको दुप्चेश्वर, पञ्चकन्या, म्यागङ, ककनी र तादी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्। दुप्चेश्वरले तीन दिन सार्वजनिक बिदा दिएको छ। दुप्चेश्वरले यही माघ २६, २७ र २८ गते स्थानीय बिदा दिएको हो।
पञ्चकन्या र म्यागङले माघ २६ र २७, ककनीले माघ २६ र तादीले माघ २८ गते सार्वजनिक बिदा दिएको छ।