छोरीसँगको 'सम्बन्ध' टुटाउन युवकको हत्या

छोरीसँगको 'सम्बन्ध' टुटाउन युवकको हत्या
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

दोलखा : दोलखाको शैलुङ गाउँपालिका -४ मागापौवामा ढेड महिनाअघि मृत फेला परेका  १८ वर्षीय युवकको हत्या मृतकको प्रेमीकाको परिवारले गरेको खुलेको छ । गत पुस ११ गते हत्या गरिएका भिष्म भण्डारीको शव पुस १६ गते भेटिएको थियो । 

मृतकको टाउको छुट्याएको ,नाक काटेको,औंला छिनेको अवस्थामा शव फेला परेको थियो ।आइतबार दोलखा प्रहरीले हत्यामा संलग्न तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरूलाई सोमबार अदालत पेश गर्ने तयारी रहेको प्रहरीले जनाएको छ । 

कक्षा ७ मा पढ्दै गरेकी १६ वर्षीया किशोरीको भण्डारीसँग प्रेम सम्बन्ध रहेको थियो । उनीहरूको गाउँको मेलापात जानेक्रममा चिनजान भएको  थियो । भण्डारीलाई आफ्नो छोरीसँग एउटै कोठामा भेटेपछि बालिकाको बुवा शैलुङ गाउँपालिका वडा नम्बर–५ काटाकुटीका पुष्कर नेपाली,काका पर्ने ईश्वर दर्जी र दाजु विशाल नेपालीले धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको खुलेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताए । 

शव भेटिएपछि दोलखा प्रहरीले बागमति प्रदेश प्रहरी र  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) को सहयोगमा अनुसन्धान सुरू गरेको थियो । सो क्रममा माघको पहिलो साता बालिकाको बुवा,काका, दाजुलगायतलाई पक्राउ गरी सोधपुछ गरेको थियो ।

भण्डारीलाई आफ्नी छोरीसँग एउटै कोठामा भेटाएपछि उनलाई घरबाट निकालेका थिए।  सोही क्रममा भण्डारीको प्रेमीकाको बुबा पुष्कर र काका ईश्वरसँग विवाद बढेपछि काका ईश्वरले  धारिलो हतियार प्रहार गरी भण्डारीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक खड्काले बताए। 

घाइते भएका भिष्मलाई केही पर धारामा लगेर बालिकाको बुबा पुष्कर र काका ईश्वरले टाउको गिडेका थिए । त्यसरी भण्डारीको विभत्स हत्या गरेपछि बालिकाको बुबा पुष्कर र काका ईश्वरले बालिकाको दाजु विशालको समेत सहयोगमा शव नजिकको बजिनिको खोल्सामा फालिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.