पाल्पा जिप दुर्घटना : मृतकमध्ये चार जनाको पहिचान खुल्यो

पाल्पा जिप दुर्घटना : मृतकमध्ये चार जनाको पहिचान खुल्यो
सुन्नुहोस्

तानसेन : पाल्पा डुम्रेबाट तिनाउँ गाउँपालिका-६ चिदिस शिखरडाँडा जाँदै गरेको जिप दुर्घटना हुँदा घटनास्थमै ८ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्। बेलुका करिब ५ बजे लु१ज २३७१ नम्बरको जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोमा व्याक भइ दुर्घटना भएको थियो। 

तिनाउ गाउँपालिका-६ का वडासदस्य स्थानीयबासी ज्ञानबहादुर अस्लामीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा तिनाउ ६ चिदिसका रामबहादुर अस्लामी, कृष्णबहादुर अस्लामी, उर्मिला अस्लामी, माइतीमा आएकी दिल कुमारी अस्लामी रहेको र अन्य चार जना पहिचानको क्रममा रहेको बताए पनि जिल्ला प्रहरी कार्यालयबाट भने पुष्टि भएको छैन। मृतकमध्ये ५ जना महिला र ३ जना पुरुष छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले मृतकको पहिचानको लागि काम भइरहेको बताए।
 

घाइते १८ जनामध्ये १० जना महिला, ४ जना बालक, ३ जना बालिका र १ जना चालक छन्। घाइते सबैको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भइरहेको छ। लुम्बिनी मेडिकल कलेज पाल्पाले दिएको जानकारीअनुसार घाइते हुनेहरूमा पाल्पा तिनाउ ६ की २० वर्षीया कृष्णा पन्त, सोही ठाउँकै १९ वर्षीया उमा रास्कोटी, २१ वर्षीया अमृता गहतराज, १९ वर्षीया शान्ती राना, ९ वर्षीय सौरभ पुन, ४५ वर्षीय कूलबहादुर नेपाली, रुपन्देही खैरेनीका ९ वर्षीय विवेक जिसी, सोही ठाउँकै ७ वर्षीय अस्मित जिसी, तानसेन ७ की ४२ वर्षीया सविता परियार, रिव्दिकोट १ की ३० वर्षीया रमा सुनार, सोही ठाउँकै ६ वर्षीया विधा सुनार, ६ वर्षीया साया सुनार, ५ वर्षीय आरभ सुनार,  ६६ वर्षीया विष्णुकला कामी, तानसेन १० का ४५ वर्षीय दानबहादुर चिदी, रुपन्देही हरैयाकी ३० वर्षीया भूमि पुन, १९ वर्षको उमा रास्कोटी र अन्य १ जना पुरुष, १ जना महिला र १ जना बालिका गरी १८ जना उपचार भइरहेको छ। 

घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक छ। श्रीपञ्चमीको पर्व मनाउन विभिन्न ठाउँबाट पाहुना तथा चेलीबेटीहरू जिपमा रहेको स्थानीबासीहरूको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.