षडानन्द नगरपालिकालाई चौथो स्मृति कप भलिबल प्रतियोगिताको उपाधि

षडानन्द नगरपालिकालाई चौथो स्मृति कप भलिबल प्रतियोगिताको उपाधि
सुन्नुहोस्

धनकुटा : प्रदेश स्तरीय सहिद प्रकाश थापा चौथो स्मृति कप भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ। 

सहिदभूमि गाउँपालिका-१ घंगरुमा शनिबार सम्पन्न फाइनल खेलमा दमक नगरपालिकालाई २५–२३, २५–१५ र २५–२२ को सोझो सेटमा पराजित गर्दै षडानन्द नगरपालिकाले उपाधि जितेको हो। उपाधिसँगै षडानन्द नगरपालिकाले नगद १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो भने उपविजेता दमक नगरपालिकाले नगद ६५ हजार र ट्रफीमा चित्त बुझायो। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी षडानन्द नपाका बालकुमार रायमाझी घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे। षडानन्दका कृष्ण रसाइली बेस्ट स्पाइकर, बेस्ट सेटर जयराम खत्री घोषित भए। त्यस्तै बेस्ट डिफेन्स वेलवारी नपाका लिला श्रेष्ठ, सभापोखरी गाउँपालिकाका प्रदीप कटेल बेस्ट सरभर, दमक नपाका रोमन बस्नेत बेस्ट ब्लकर, बेस्ट कोच षडानन्दको कुमार कटुवाल घोषित भए। उनीहरूलाई नगद २/२ हजार रुपैयाँ प्रदान गरिएको थियो। 

प्रतियोगिताको विजेता तथा उपविजेता टिमका खेलाडीहरूलाई प्रमुख अतिथि कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले पुरस्कार वितरण गरेकी थिइन्। फागुन २ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजकको २ टिम सहित प्रदेशभरिका विभिन्न स्थानीय तहका ७ गरी ९ टिमको सहभागिता रहेको थियो।  

२०५७ सालमा तत्कालीन माओवादीसँगको कालीकोटमा भएको भिडन्तमा मृत्यु भएका प्रनानी प्रकास थापाको सम्झनामा २०७६ सालबाट ट्रस स्थापना गरी प्रतियोगिता सञ्चालन हुँदै आइरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.