नेदरल्यान्ड्समाथि नेपालको रवाफ

नेदरल्यान्ड्समाथि नेपालको रवाफ
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : बिहीबार नामिबियासँगको अनपेक्षित हारका कारण शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकको उपस्थिति पातलिने त होइन भन्ने चिन्ताले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई सताएको थियो। तर, नेदरल्यान्ड्सविरुद्ध नेपालले पक्कड जमाएसँगै दर्शकको संख्या पनि एक्कासि बढ्न थाल्यो। शनिबार बिहान नेपाली खेलाडीले नेदरल्यान्ड्सको ब्याटिङ लाइनअप ध्वस्त बनाइरहँदा बढ्न थालेको दर्शकको चाप अनिल साहले चौका प्रहार गर्दै नेपाललाई जित दिलाउँदासम्म त्रिवि मैदान भरिभराउ भइसकेको थियो।

‘आज दिनभरी खेल हेर्ने भनेर आएको झन् चाँडै पो सकियो’, बालाजुका विवश सिंह त्रिवि मैदानबाट बाहिरिँदै गर्दा भन्दै थिए। विवश मात्रै होइन, शनिबार दिनभरी क्रिकेट हेर्ने योजना बोकेर कीर्तिपुर पुगेकाहरू चाँडो खेल सकिँदा केही निराश देखिए पनि नेपालको प्रभावशाली जितमा भने निकै खुसी थिए। ‘दिनभरी खेल हेर्ने मन थियो। खेल चाँडै सकियो। नेपालको जितमा एकदमै खुसी छु’, कीर्तिपुरका सलिन केसीले भने, ‘नेपालले आज उत्कृष्ट खेल खेल्यो। धन्न केही ओभरको भए पनि खेल हेर्न पाएँ।’

आईसीसी विश्वकप क्रिकेट लिग–टुको दोस्रो खेलमा नेपालले शनिबार प्रभावशाली जित निकालेको हो। नेपालले एसोसिएटको बलियो टोली नेदरल्यान्ड्सलाई ९ वकेटले पराजित गर्दै प्रभावशाली जित निकालेको हो। नेदरल्यान्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो। नेपाललाई प्रभावशाली जित दिलाउन अनिल साह र आसिफ शेखले अर्धशतकीय पालि खेलेका थिए। आक्रमक ब्याटिङ गरेका अनिलले ५७ र आसिफले ५४ रन बनाए। अनिलले ३६ बलमा चार छक्का र ६ चौका हिर्काए। अनिलको पछिल्लो चार खेलमा दोस्रो अर्धशतक हो। उनले क्यानडाविरुद्धको खेलमा एक शतक र एक अर्धशतक बनाएका थिए। यसैगरी आसिफले ४५ बलमा एक छक्का र आठ चौका प्रहार गरे। यससँगै उनले ११ एकदिवसीय अर्धशतक पूरा गरे।

 यसअघि कुशल भुर्तेल ११ बलमा २८ रन बनाउँदै पेभेलियन फर्किएका थिए। उनले तीन छक्का र दुई चौका प्रहार गरे। नेदरल्यान्ड्सका भिभियन किङ्माले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्स ३९ ओभरमा १ सय ३७ रनमा समेटिएको थियो। नेदरल्यान्ड्सका कप्तान स्कट एड्वाडले सर्वाधिक ३३ रन बनाए। यस्तै बास डे लिडले २७, साइब्रान्ट एंगेलबे्रक्टले २३, नुह क्रसले १२ र काइल क्लेनले ११ रन बनाए। नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेलले चार विकेट लिए। 

सात ओभर बलिङ गरेका उनले २० रन खर्चिएर चार विकेट लिएका थिए। यस्तै ललितनारायण राजवंशीले दुई तथा सोमपाल कामी र रोहित पौडेलले एक÷एक विकेट हात पारे। नेदरल्यान्ड्समाथिको प्रभावशाली जितसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–टुको दुई खेलमा दुई अंक जोडेको छ

पहिलो खेलमा घरेलु टोली नेपाल नामिबियासँग चार विकेटले स्तब्ध बनेको थियो। नेपालले अब बुधबार नामिबिया र फेबु्रअरी २५ मा नेदरल्यान्ड्ससँग पुनः प्रतिस्पर्धा गर्ने छ। यस्तै नामिबिया र नेदरल्यान्ड्सले फेबु्रअरी १९ र २३ मा प्रतिस्पर्धा गर्ने छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.