गुल्मीका दुई एग्रोभेट सेन्टरमा प्रशासनको सिल

गुल्मीका दुई एग्रोभेट सेन्टरमा प्रशासनको सिल
सुन्नुहोस्

 गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीले नियमविपरीत सञ्चालन भएका दुई एग्रोभेट सेन्टरमा सिल गरेको छ। आइतबार जिल्लाको सदरमुकाम तम्घास उढिङढुंगामा अवस्थित दुर्गा एग्रोभेट सेन्टर र मुसिकोट एग्रोभेट सेन्टरलाई सिल गरिएको कार्यालयले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा खटिएको टोलीले नियमविपरित सञ्चालन भइरहेका उक्त एग्रोभेट सेन्टर सिल गरेको हो। केही समय पहिले औषधि व्यवस्था विभागले दुवै एग्रोभेट सेन्टरको अनुगमन गरी र इजाजतपत्र लिन अनुरोध गरेको थियो। 

तर, सञ्चालकले अटेरी गरेर सञ्चालन प्रमाणपत्र नलिएपछि उक्त एग्रोभेट सेन्टर सिल गरिएको टोलीका नेतृत्वकर्ता दिनेश ज्ञवालीले जानकारी दिएका छन्। विगत केही वर्षदेखि विष्णु मगरले दुर्गा एग्रोभेट सेन्टर र दुर्गा एग्रो सप्लायर्स सञ्चालन गर्दै आइरहेका छन्। त्यस्तै मुसिकोट एग्रोभेट सेन्टर तेजेन्द्रबहादुर महतले चार महिनादेखि सञ्चालन गर्दै आएका थिए। 

 
रेसुंगा नगरपालिका-२ का वडाध्यक्ष हिराबहादुर थापा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रहरी र पत्रकार समेतको उपस्थितिमा एग्रोभेट सेन्टर सिल गरिएको हो। एग्रोभेट सेन्टरको आवश्यक अनुसन्धानपछि थप निर्णय हुने कार्यालयले जनाएको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.