कांग्रेसका भातृ संस्थाले भने : उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा प्रतिगमन गर्न खोज्नु पार्टी र जनताका लागि दुर्भाग्य

कांग्रेसका भातृ संस्थाले भने : उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा प्रतिगमन गर्न खोज्नु पार्टी र जनताका लागि दुर्भाग्य
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका तीन भ्रातृ संस्थाले प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने समयमा प्रतिगमन गर्न खोज्नु पार्टी, जनता र मुलुककै लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन्। आइतबार आदिवासी जनजाति विभाग एवम् नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ र नेपाल मुस्लिम संघले संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेसको महासमिति बैठकमा संविधान एवम् पार्टीको नीति, विचार र सिद्धान्त विपरित हुनेगरी कुनै निर्णय नगर्न ध्यानाकर्षण गराएका छन्।

‘समुन्नत नेपाल निर्माण गर्न प्राप्त भएका उपलब्धिहरुलाई कार्यान्वयन गर्नुपर्ने अवस्थामा अहिले पार्टी भित्र र बाहिर विभिन्न अभियानका नाममा संविधान र पार्टीको नीति, सिद्धान्त र विचार विपरितका गतिविधिहरु भइरहेकोमा हामी आदिवासी जनजाति तथा मुस्लिम समुदायको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने समयमा प्रतिगमन गर्न खोज्नु पार्टी, जनता र मुलुककै लागि दुर्भाग्य हो।’ जारी विज्ञप्तिमा भनिएको छ,‘नेपाली कांग्रेसको यस ऐतिहासिक महासमिति बैठक २०८० मा संविधान एवम् पार्टीको नीति, विचार र सिद्धान्त विपरित हुनेगरी कुनै निर्णय नगर्न नेतृत्वको गम्भीर ध्यानाकर्षण गराइन्छ।’

नेपालको संविधानमा समेटिएका लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रणालीले समुन्नत नेपाल निर्माणको लक्ष्य प्राप्तिमा पुग्न सकिने विज्ञप्तिमा उल्लेख छ। नेपाली जनताको आन्दोलनबाट प्राप्त उपलब्धिहरु लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रणालीलाई अविछिन्न राख्दै यसको कार्यान्वयन गर्न पनि नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्ने उनीहरुको माग छ। विज्ञप्तिमा भनिएको छ,‘नेपाली जनताको आन्दोलन र वलिदानबाट प्राप्त नेपालको संविधान निर्माण प्रक्रिया र संविधान घोषणामा नेपाली कांग्रेसले गरेको नेतृत्वप्रति हामी आदिवासी जनजाति तथा मुस्लिम समुदाय गौरवान्वित छौं। नेपालको संविधानमा समेटिएका लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रणालीले समुन्नत नेपाल निर्माणको लक्ष्य प्राप्तिमा पुग्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौं। नेपाली जनताको आन्दोलनबाट प्राप्त उपलब्धिहरु लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रणालीलाई अविछिन्न राख्दै यसको कार्यान्वयन गर्न पनि नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्दछ।’

संविधानको मर्म अनुसार नेपाली कांग्रेसले आफ्नो विधानमा जनसंख्याको बनौटको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व हुने व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ,‘यसले गर्दा पनि नेपाली कांग्रेस पार्टीप्रति आदिवासी जनजाति, मुस्लिम, मधेशी, दलित, थारु, अल्पसंख्यक लगायतका समुदायको आकर्षण बढेको छ तरपनि पनि समग्र महिला क्लष्टरभित्र पनि आदिवासी जनजाति तथा मुस्लिम समुदायका महिलाहरुको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था गरिनुपर्दछ। त्यसै गरी संविधानको धारा ५६ को उपधारा ५ बमोजिम थोरै संख्यामा रहेका अल्पसंख्यक समुदायको आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक विकासको लागि स्वायत्त, विशेष र संरक्षित क्षेत्र निर्माणको लागि नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.