पश्चिम नेपालकै सुविधायुक्त बन्दै कर्णाली प्रदेश अस्पताल

पश्चिम नेपालकै सुविधायुक्त बन्दै कर्णाली प्रदेश अस्पताल
सुन्नुहोस्

सुर्खेत : कर्णाली प्रदेश अस्पताल पश्चिम नेपालकै सुविधायुक्त अस्पताल बन्दै गएको छ। पछिल्लो समय अस्पतालले आफ्ना सेवा सुविधाहरू तीव्र रुपमा वृद्धि गर्दै नेपालका सुविधायुक्त अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाहरू दिन थालेको छ। सोमबार अस्पतालले १८ औँ स्थापना दिवसका अवसरमा  आफ्नो प्रगति प्रतिवेदन पनि सार्वजनिक गरेको छ। 

अस्पतालका निर्देशक डा.डम्बर खड्काले नेपालका सबै सुविधायुक्त अस्पतालहरूले प्रवाह गरिरहेका सबै स्वास्थ्य सेवाहरू प्रदेश अस्पतालले दिइरहेको बताए। उनका अनुसार अस्पतालमा मुख्यगरी जनरल मेडिसियन, जनरल सर्जरी, न्यूरो सर्जरी, अर्थोपेडिक, कार्डियोलोजी, गाईनो, ड्रेमाटोलोजी, डेन्टल, इएनटी, साईक्राटिक, फिस्टुला, एनआरएच, न्यूट्रेन, एआरटी, डट्स, डाईलाईसिस, टेलिमेडिसियन, सबै किसिमका ल्याब जाँच सेवा, एक्सरे, सिटीस्क्यान, म्यामोग्राफि लगायतका सेवाहरू दिइरहेको छ। हाल अस्पतालबाट विभिन्न १५ वटा विभागले सेवा दिइरहेका छन्। 

अस्पताल निर्देशक डा. खड्काले भने, 'विगतमा यस अस्पतालमा मृगौला डायलोसिस सेवा मात्र थियो। केही समयअघिदेखि मृगौला प्रत्यारोपण सेवा पनि सञ्चालन गरेका छौँ। एमआरआई सेवा दिनका लागि मेसिन खरिद गर्ने कार्य भइसकेको छ। उक्त सेवा पनि सुरुवात हुन्छ। त्यसका लागि भवन निर्माणको काम भइरहेको छ। आउने चैत महिनाबाट उक्त सेवा पनि दिन सुरु गरिने तयारी छ।'

२९७ शय्याको प्रदेश अस्पताल सुर्खेतमा विगतका वर्षहरूको तुलनामा पछिल्लो आर्थिक वर्षमा बिरामीको चाप निकै बढेको छ। अस्पतालले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ओपीडीमा ५३ हजार १ सय ८३ जनाले सेवा लिएकोमा आर्थिक वर्ष २०७८/०७९ मा १ लाख २४ हजार ४ सय ६८ जना, आर्थिक वर्ष २०७९/०८० मा १ लाख ९१ हजार ९ सय ६६ जना र चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ८४ हजार २ सय ८८ जना बिरामीले सेवा लिएका छन्। 
        
प्रदेश अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादुर घलेले कर्णालीका हरेक नागरिकको समस्या समाधान गर्ने अस्पताल बनाउन आफूहरू लागिपरेको बताए। उनले विस्तारै प्रदेश अस्पताल सुर्खेतमा मुलुककै सुविधा सम्पन्न अस्पतालमा पाइने सबैखाले सेवाहरू उपलब्ध हुने बताए। अबको तीन वर्षमा प्रदेश अस्पताललाई सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गरी सञ्चालनमा ल्याउने तयारी रहेको अस्पताल निर्देशक डा.खड्काले बताए। 

कर्णाली प्रदेशकै जुम्लाको सदरमुकाम खलंगामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदा हुँदै सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताललाई ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने गृहकार्य अघि बढाइरहेका बेला प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अवरोध गरेको छ। 

नेकपा माओवादी केन्द्रको नेतृत्वको प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी छ। तर सत्ताको नेतृत्व गरेको दलले नै समालेको कानुन मन्त्रालयले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रस्तावमा सहमति नदिएर अवरोध गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.