जाजरकोटका भूकम्पपीडितलाई प्रतिपरिवार १५ हजार रुपैयाँ

जाजरकोटका भूकम्पपीडितलाई प्रतिपरिवार १५ हजार रुपैयाँ
सुन्नुहोस्

जाजरकोट : नेपाल रेडक्रस सोसाइटीले जाजरकोटका भूकम्पपीडितलाई प्रतिपरिवार १५ हजार रुपैयाँ प्रदान गरेको छ। कर्णाली भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत रेडक्रसले एक हजार ६२३ परिवारलाई नगद प्रदान गरेको हो। 

भेरी नगरपालिकाका वडा नम्बर १, २ र ३ मा प्रतिपरिवार १५ हजारका दरले २ करोड ४० लाख नगद सहायता प्रदान गरिएको हो। पीडितहरूको आधारभूत आवश्यकता परिपूर्तिका लागि रकम प्रदान गरिएको कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रम जाजरकोटका कार्यक्रम संयोजक प्रकाश कार्कीले बताए। 

३ सय परिवारका लागि नगद सहायता प्रदान गर्ने गरी रकम थप भएर आएको उनले जानकारी दिए। उक्त नगद सहायता वडा नम्बर ४ सम्म विस्तार गरिने छ। उनका अनुसार जिल्ला विपद न्यूनीकरण तथा व्यवस्थापन समितिले रेडक्रसको कार्य क्षेत्र भेरी नगरपालिका तोकेको र नगरपालिकाले भेरीका वडा नम्बर १, २ र ३ तोकेपछि भूकम्प पीडितहरूका लागि विभिन्न सहायताका कार्यक्रम सञ्चालन भइरहेका छन्। 

भेरीको वडा नम्बर १ मा २ सय ५० अस्थायी आवास निर्माण गरिएको छ। त्यस्तै वडा नम्बर ३ मा एक सय अस्थायी आवास निर्माण भएका छन्। ती परिवारका लागि अस्थायी आवासमा ५० हजार, १५ हजार शौचालय, ७ हजार खानेपानी ट्यांकी र १५ हजार बहुउद्देश्यीय नगद सहायता गरी ८७ हजारको प्याकेज रहेको कार्यक्रम संयोजक कार्कीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.