चीनबाट ल्याइएको ७ लाख बोरा रासायनिक मल तातोपानीमै थन्कियो

चीनबाट ल्याइएको ७ लाख बोरा रासायनिक मल तातोपानीमै थन्कियो
सुन्नुहोस्

सिन्धुपाल्चोक : छिमेकी मुलुक चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ। 

भोटेकोशी गाउँपालिका-२ स्थित तातोपानी नाकामा एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममै थन्किएको हो। कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड–अनलोड गर्न समेत कठिनाइ परेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए। 

मलले सिंगो गोदाम ढाकेकाले खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री लोडअनलोड गर्न भन्सारलाई समस्या परेको केसीले बताए। ‘मलले ठाउँ ओगटेकोले बन्दरगाहमा आएका सामग्री भन्सार कार्यालयभित्र राखेर जाँच गर्नुपर्ने अवस्था छ’, उनले भने– ‘गोदाममा रहेको मलबारे सम्बन्धित पक्षलाई पटक पटक जानकारी गराएका छौं तर चासो देखाएको पाएका छैनौं।’

कृषि सामग्री कम्पनीसँग सम्झौता गरी ल्याइएको रासायनिक मल थन्किनु तातोपानी भन्सार कार्यालयको कुनै हात नरहेको केसी बताउँछन्। ‘मल रोकिनुमा उहाँहरुकै कुरा नमिलेर हो, हाम्रो यसमा कुनै भूमिका हुँदैन’, भन्सार प्रमुख केसीले भने। भन्सार नियमावली अनुसार भन्सारमा आइपुगेको ६० दिनसम्म पनि सामग्री नलगेमा प्रकृया पुर्‍याएर जफत गर्न सक्छ। 

सो मल उठाउनुपर्ने अन्तिम मिति नाघेको ८ महिना भए पनि हालसम्म नलगिएको भन्सार कार्यालयले जनाएको छ। मल सिल्क कम्पनी अन्तर्गत रहेको सिल्क मार्केट प्रालिले आयात गरेको हो। सिल्क मार्केट प्रालिले नेपाल सरकारको कृषि सामग्री कम्पनी लिमिटेडबाट रासायनिक मल आयात गर्ने ठेक्का पाएको छ। 

तर रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सिधै राजधानी लाने गरेको उनले जानकारी दिए। तातोपानी नाकामा एकछत्र काम गर्दै आएको सिल्कले सम्झौताअनुसार रासायनिक मल समयमै ल्याउन सकेन। 

गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पाले बताए। कृषि सामग्री कम्पनी लिमिटेडसँग कुराकानी गरिरहेको र प्रक्रिया पूरा भएपछि मल काठमाडौँ लगिने शेर्पाले बताए। ‘केही प्राविधिक कारणले मल रोकिएको हो’, शेर्पाले भने– ‘गत वर्षको तुलनामा मलको मूल्य घटेकाले आयातकर्ताले मूल्य समायोजन गर्न कृषि सामग्रीलाई अनुरोध गरिएको छ, अनुरोध स्वीकृत भएपछि मल लगिने छ।’

कृषि सामग्री कम्पनीसँग गत वर्ष भएको सम्झौताअनुसार मल बिक्री गर्न नसकिने भएपछि सिल्कले मल भन्सारमै राखेर कम्पनीसँग कुराकानी गरिरहेको जनाएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्थानीय सहकारी मार्फत किसानलाई मल बिक्री गर्ने गरेको छ। तर, भन्सार गोदाममबाट मल नलगिदा सहकारीले पाएका छैनन्। मल भन्सारमै थन्किँदा हिउँदे बाली लगाउने किसान भने समस्यामा परेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.