जनश्रमदानबाटै ३ करोडमा गुम्बा निर्माण

जनश्रमदानबाटै ३ करोडमा गुम्बा निर्माण
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा जनश्रमदानबाट ३ करोड लागतमा गुम्बा निर्माण गरिएको छ। 

७ सय वर्ष पुरानो ‘शंक क्षेलिङ गुम्बा’ भूकम्पले भत्काएपछि जनश्रमदानबाट २०७७ सालबाट निर्माण सुरु गरेको गुम्बा निर्माण समितिका अध्यक्ष सत्यमान तामाङले बताए। ‘निर्माण कार्य सकिएको छ, अब मुर्ति स्थापना, रङ, बुट्टा भर्ने लगायतका काम बाँकी छ’, तामाङले भने।

४८ घर गुठी रहेको गुम्बा १ रोपनी जग्गामा निर्माण भएको छ। बौद्ध धर्म अनुसारका हरेक संस्कार गर्नका बौद्धमार्गीलाई लक्षित गर्दै गुम्बा निर्माण सुरु गरिएको गुम्बा निर्माणमा देश विदेशमा रहेका दाताबाट प्राप्त भएको सहयोग र जनश्रमबाट गुम्बा निर्माणका कामलाई जारी रहेको समितिले जनाएको छ। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गुम्बा निर्माण गर्नुपर्ने सूचीमा शंक क्षेलिङ गुम्बा रहे पनि अहिलेसम्म पनि कुनै निकायबाट सहयोग नपाएको स्थानीयले बताएका छन्। ‘अहिलेसम्म जनश्रमदानबाट निर्माण गरियो’, स्थानीय कर्म वाङ्जेनले भने, ‘१ सय ६७ दिनसम्म श्रमदानमा सहभागी भयौं। अबका दिनमा बाँकी काम सम्पन्न गर्नका लागि सरकारी निकायहरूलाई भनिरहेका छौं।’

५० लाख रुपैयाँ कोषमा भएको रकमबाट सुरु गरिएको गुम्बा निर्माणमा जनश्रमदानबाट ३० लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिकाबाट ३० लाख र गुठियार लगायत आफन्तबाट उठेको करिब ७० लाख रुपैयाँ हालसम्म गुम्बा निर्माणमा खर्च भएको समितिका अध्यक्ष तामाङले जानकारी दिए।

पटक पटक संघ र प्रदेश सरकारलाई गुम्बाका बारेमा ध्यानाकर्षण गराउँदा समेत कुनै पनि सहयोग प्राप्त नभएको स्थानीय ग्याल्जेन स्याङ्बोले भने। ‘सरकारले वास्ता नगरेपछि समुदाय आफैले गुम्बा निर्माणको काम अगाडि बढाएका हौं’, उनले भने, ‘अहिले श्रमदानबाट पनि यति धेरै काम हुने रहेछ भन्ने सन्देश दिन सकिएको छ।’

भूकम्पले गुम्बा भत्काएको र आसपासमा अर्को गुम्बा नभएका कारण स्थानीयलाई पूजा गर्न निकै कठिन भएको प्रमुख लामा छेवाङ ग्याल्बो लामाले बताए। ‘बर्खामा पानी पर्ने, हिउँदमा हावा चल्ने, खुला ठाउँमा पूजा गर्नुपर्दा धेरै समस्या हुने गरेको थियो’, उनले भने, ‘हाम्रो समुदायमा मर्दापर्दा हरेक काम गुम्बामा नै हुन्छ। अहिले गुम्बा निर्माणले तीव्रता लिएसँगै यी समस्या समाधान हुने आशा छ।’

पाँचपोखरीमा ४१ वटा गुम्बा पुनर्निर्माण गर्नुपर्ने पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए। ‘४१ वटा गुम्बा निर्माण गर्नुपर्ने छ, बल्ल ५/६ वटा बन्यो अरु पनि क्रमशः बनाउने योजना छ’, उनले भने– ‘गाउँपालिकाको आन्तरिक स्रोत अत्यन्तै न्यून रहेकाले पनि गुम्बा, मठमन्दिर लगायतका क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिएको छैन।’

बौद्ध धर्मावलम्बीहरूको विवाह, व्रतबन्ध लगायतका पुनित कार्यहरू गुम्बामा आयोजना गरिन्छ। पुनर्निर्माणमा ढिलाइ हुँदा यो समुदायलाई समस्या आफ्नो रीतिरिवाजमा समस्या परिरहेको उनले बताए। पालिका भित्र रहेका गुम्बा तथा अन्य धार्मिक संरचनाको पुनर्निर्माण र संरक्षणका लागि गाउँपालिकाले स्रोतले भ्याएसम्म आवश्यक सहयोग गर्ने लामाले बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार २०७२ को विनाशकारी भूकम्पले सिन्धुपाल्चोकमा रहेका १ सय ९० गुम्बामा क्षति पुगेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.