नगरपालिकालाई महोत्सवको ६१ लाख सुनिश्चित

नगरपालिकालाई महोत्सवको ६१ लाख सुनिश्चित
सुन्नुहोस्

तानसेन : तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा महोत्सवको ६१ लाख रुपैयाँ राजस्व सुनिश्चित भएको छ। नगरको मुख्य आयोजनामा आगामी फागुन १९ देखि २९ गतेसम्म टुँडिखेल मैदानमा महोत्सव हुन लागेको हो।

कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार, तानसेन महोत्सव २०८० भन्ने नारामा हुने महोत्सवमा तीन सयभन्दा बढी स्टल रहने मेला आयोजक नगरले जनाएको छ। मेलाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सन्तोषलाल श्रेष्ठले मेलाको तर्फबाट नगरपालिकालाई ६१ लाख रुपैयाँ राजस्व तानसेन नगरपालिकाको खातामा आइसकेको बताए। यसअघि पाल्पा उद्योग वाणिज्य संघले टुँडिखेलमा मेला महोत्सव गर्दै आएको थियो। नगरका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले नगरपालिका आफैंले मेला आयोजना गर्दा ६१ लाख रुपैयाँ बढीको राजस्व बचत भइसकेको बताए। 

पर्यटन र कृषिको माध्यमबाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजस्वको प्रवद्र्धनका लागि नगरको वार्षिक नीति तथा कार्यक्रमअनुसार प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको नगरका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिए। मेलामा प्रत्यक्ष रूपमा ६ सयभन्दा बढी कर्मचारीले कम्तीमा पनि १० दिनको रोजगारी पाउने, १ हजार ५ सय व्यापारी तानसेनमा आई चहलपहल वृद्धि हुने प्रवक्ता कार्कीको दाबी छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.