महोत्सवबाट तानसेन नगरपालिकालाई ६१ लाख राजश्व

महोत्सवबाट तानसेन नगरपालिकालाई ६१ लाख राजश्व
सुन्नुहोस्

तानसेन : तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा ६१ लाख रुपैयाँ राजश्व महोत्सवबाट सुनिश्चित भएको छ। तानसेन नगरपालिकाको मुख्य आयोजनामा यही फागुन १९ देखि २९ गतेसम्म टुडिखेल खेल मैदानमा महोत्सव हुन लागेको हो। 

कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० भन्ने नारामा हुने महोत्सवमा तीन सय बढी स्टल रहने र ३ लाख बढीले मेलाको अवलोकन गर्ने, मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ। मेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सन्तोषलाल श्रेष्ठले मेलाबाट नगरपालिकालाई ६१ लाख राजश्व तानसेन नगरपालिकाको खातामा आइसकेको र उक्त रकम पूर्णरूपमा बचत हुने र सो रकम तानसेन नगर विकासमा खर्च गरिने जानकारी दिए। 

पहिलोपटक तानसेन नगरपालिका आफैले आयोजना गर्न लागेको मेलामा १० करोड बढीको कारोबार हुने अनुमान गरिएको छ। टुडिखेल मैदानमा यसअघि पाल्पा उद्योग वाणिज्य संघले मेला महोत्सव गर्दै आएको थियो। तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले नगर सरकार आफैले मेला आयोजना गर्दा ६१ लाख बढीको राजश्व बचत भइसकेको बताए। मेला सम्पन्न गर्न नगरपालिकाले टेन्डरमार्फत् आह्वान गर्दा बढी रकम दिने समूहबाट सो रकम बुझिसकेको ज्ञवालीले बताए। स्थानीय सरकार संचालन ऐन अनुसार तानसेन नगरपालिकाले मेला महोत्सव आयोजना गरेको प्रमुख प्रशाशसकीय अधिकृत ज्ञवालीले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.