साम्बाको ५ गोलमा इराकविरुद्ध नेपालको शानदार जित

साम्बाको ५ गोलमा इराकविरुद्ध नेपालको शानदार जित
सुन्नुहोस्

काठमाडौं : वाफ वुमेन्स फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा पनि नेपालले फराकिलो जित निकालेको छ। बिहीबार साउदी अरेबियामा भएको समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले इराकलाई ५-० गोलले पराजित गरेको हो। 

नेपालको फराकिलो जितमा पाँचै गोल सावित्रा भण्डारी (साम्बा)ले गरेकी थिइन्। पहिलो हाफमा चार गोल गरेकी सावित्राले दोस्रो हाफमा एक गोल थपेकी थिइन्। उनले ४४ अन्तर्राष्ट्रिय खेलमा आफ्नो गोल संख्या ४९ पुर्‍याएकी छन्। सावित्रा सन् २०१४ देखि राष्ट्रिय टोलीमा छिन्।

१४औं मिनेटमा नेपाललाई अग्रता बनाएको थियो। रेखा पौडेलले उपलब्ध गराएको पासलाई नियन्त्रणमा लिँदै सावित्राले उत्कृष्ट गोल गरेकी थिइन्। त्यसपछि १६औं मिनेटमा सावित्राले नेपालको अग्रता दोब्बर पारेकी थिइन्। खेलको ३७औं मिनेटमा सावित्राले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन्। पूजा रानाले उपलब्ध गराएको पासमा उनले हेड गोल गरेकी थिइन्। त्यसपछि ४४औं मिनेटमा उनले अर्को गोल थपेकी थिइन् । रेखा पौडेलको पासलाई नियन्त्रणमा लिँदै उनले व्यक्तिगत चौथो गोल गरेकी थिइन्।

पहिलो हाफमा लगातार गोलको अवसर बनाए पनि दोस्रो हाफमा भने नेपालले गोल गर्न लामो समय कुर्नुपरेको थियो। खेलको ८०औं मिनेटमा सावित्राले पाँचौं गोल गर्दै नेपाललाई फराकिलो जित दिलाइन्। लगातार दोस्रो जितसँगै नेपालले ६ अंक जोडेको छ।  नेपालले समूह चरणको पहिलो खेलमा सिरियालाई ४औ१ गोलले पराजित गरेको थियो। 

प्रतियोगितामा आठ टोलीको सहभागी छन् । नेपाल समूह ‘बी’मा छ। यस समूहमा नेपालसँगै सिरिया, प्यालेस्टाइन र इराक छन्। समूह ‘ए’मा आयोजक साउदी अरेबिया, जोर्डन, ग्वाम र लेबनान छन्। नेपालले अब समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग शनिबार खेल्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.