हिउँ पन्छाएर रारा ताल जाने नाग्म-गमगढी सडकखण्ड खुलाइयो
मुगु : हिमपातपछि अवरुद्ध रहेको नाग्म-गमगढी सडक खण्डमा हिउँ पन्छाएर सडक सुचारु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाले नाग्म-गमगढीअन्तरगत बुलबुले,सिप्टिचौर र सातमोड घुच्ची लेखमा जमेको हिउँ पन्छाएर सडक सुचारु गरेको हो ।
मंगलबार,बुधबार र बिहीबार लगातार हिउँ पर्दा यो सडकखण्ड अवरुद्ध भएको थियो। बिहीबार र शुक्रबार दिनभरी सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडक रक्षकहरू लगाएर हिउँ पन्छाइ सडक सुचारु गरिएको सुपरभाइजर जग्गी विकले जानकारी दिए।
हिउँ पर्ने थालेपछि अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालयले सडक रक्षक र स्काभेटर तैनाथ अवस्थामा राखेको छ। प्रमुख पर्यटकीय गन्तव्यस्थल रारा घुम्न आउने पर्यटकहरू यही मार्गबाट आउने भएकाले सधैं व्यस्त हुने गर्छ।