पाल्पाको सबै स्थानीय तहमा मंगलबार सार्वजनिक बिदा
तानसेन : पाल्पाको सबै स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिएका छन्। ४२ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा पालिकाहरूले सार्वजनिक बिदा दिएका हुन्।
तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, रिव्दीकोट गाउँपालिका र रैनादेवीछहरा गाउँपालिका र पूर्वखोला गाउँपालिकाले बिदा दिएका छन्।
स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिइएको जनाएका छन्।