बसले ठक्कर दिँदा वृद्धको मृत्यु

बसले ठक्कर दिँदा वृद्धको मृत्यु

नुवाकोट :  नुवाकोटको सातबिसेमा बसले ठक्कर दिँदा वृद्धको मृत्यु भएको छ। गंगटे–ढिकुरे–दुप्चेश्वर सडकखण्डको बीचमा रहेको तादी गाउँपालिका–४ सातबिसेमा गुडिरहेको बा३ख ३५४३ नम्बरको बसको ठक्करबाट ७० वर्षीय डिल्लीबहादुर पाठकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो। 

प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पैदल हिँडिरहेका पाठकलाई बसले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए। पाठकको  स्थानीय मेडिकलमा उपचारपछि थप उपचारको लागि धापासी काठमाडौं ग्राण्डी अस्पताल लागिएको थियो। 

उनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो। बस र चालक दीपेन्द्रराजा पाठकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.