सत्ता समीकरणले लुम्बिनीको शिखर सम्मेलन अन्यौलमा

सत्ता समीकरणले लुम्बिनीको शिखर सम्मेलन अन्यौलमा
सुन्नुहोस्

बुटवल : फागुन २८ र २९ गते लुम्बिनीमा हुने भनिएको ‘अन्तर्राष्ट्रिय लरिएट्स एण्ड लिडर्स शिखर सम्मेलन’ सत्ता समीकरण फेरिएसँगै अन्यौलमा परेको छ। केन्द्रको समीकरण फेरिएसँगै त्यसको असर प्रदेश सरकारमा पनि पर्ने भएकाले शिखर सम्मेलन अन्यौलमा परेको हो। 

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले अन्तराष्ट्रिय गैरसरकारी संस्थाको नाममा करोडौँ बजेट शिखर सम्मेलनमा खर्च गर्न लागेको भन्दै प्रदेशसभा बैठकमा एमालेका सांसद रामजीप्रसाद घिमिरेले विरोध जनाएका छन्। ‘सत्ता समीकरण पनि फेरियो’, सांसद घिमिरेले भने, ‘शिखर सम्मेलन पनि रोकिनुपर्छ। हामी गर्न दिँदैनौ।’ 

शिखर सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयमार्फत ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारको कार्यसम्पादन राम्रो नभएको भन्दै केन्द्रले दिने बजेटको सीमामा समेत गिरावट आएको बेला करोडौँ बजेट सम्मेलनको नाममा खर्च गर्नु उचित नभएको सांसद् घिमिरेले बताए। 

विपक्षी सांसदले मुख्यमन्त्री चौधरीले जवाफ दिनुको साटो प्रदेशसभा बैठक छल्दै आएको आरोप लगाएका छन्। अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरू आयोजना गर्ने क्षेत्राधिकार प्रदेश सरकार मातहत नभएको भन्दै एमालेले संघीय संसदमा पनि विरोध जनाएको छ।


 

यो पनि पढ्नुहोस

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.