गठबन्धनको बैठक चलिरहँदा नारायकाजीलाई लिएर प्रचण्ड पुगे नेपाल भेट्न कोटेश्वर

गठबन्धनको बैठक चलिरहँदा नारायकाजीलाई लिएर प्रचण्ड पुगे नेपाल भेट्न कोटेश्वर

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर गएका छन् । सोमबार साँझ बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक चलिरहँदा प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर गएका हुन्।

प्रचण्ड माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् निवर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लिएर नेपालसँग नयाँ गठबन्धनबारे छलफल गर्न पुगेका हुन्। प्रचण्डले नेपाललाई गठबन्धनमा ल्याउनुपर्ने बताइरहेका छन्।

प्रधानमन्त्री सचिवालयले भने पूर्व प्रधानमन्त्री नेपालको स्वास्थ्यलाभको कामना गर्न नेपाल निवास कोटेश्वर आएको जनाएको छ। उनीहरुबीच अहिले छलफल चलिरहेको छ।

कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाउँदा गत वर्षको पौषमा र अहिलेपनि प्रचण्डले आफूसँग कुनै सल्लाह नगरेको भन्दै नेपालले असन्तुष्ट व्यक्त गरेका छन्। प्रचण्डले भने सत्ता गठबन्धनमा आउन प्रस्ताव गरेका छन्।

सोमबार प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीसहित सबै मन्त्रीहरूलाई हटाएर एमाले, माओवादी, रास्वपाका एक/एक जनालाई साथमा लिएर नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्। नयाँ गठबन्धन बनेपछि आज विना विभागिय मन्त्रीहरुको रुपमा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई सपथ ग्रहण गरिसकेका छन्।

सोमबार दिउँसो बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले नयाँ सत्ता समीकरणको उद्देश्य स्पष्ट नहुन्जेल ‘पर्ख र हेर’को अवस्थामा रहने निर्णय गरेको थियो। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले नयाँ सत्ता समीकरणको उद्देश्य स्पष्ट नहुन्जेल आफ्नो पार्टीले कुनै प्रतिक्रिया नजनाउने बताए। उनले भने,‘नयाँ सत्ता समीकरणको गुण-दोषका आधारमा नेकपा एकीकृत समाजवादीले आफ्ना धारणाहरू सार्वजनिक गर्नेछ।’

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.