लोकतन्त्र बलियो भए देश बलियो बन्छ : पूर्वराष्ट्रपति भण्डारी

लोकतन्त्र बलियो भए देश बलियो बन्छ : पूर्वराष्ट्रपति भण्डारी
सुन्नुहोस्

वीरेन्द्रनगर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र बलियो बनाउन दलहरू लाग्नुपर्ने बताएकी छन्। उनले मुलुकमा लोकतन्त्र बलियो भयो भने मात्र देश र जनताको उन्नती प्रगति हुने बताउँदै लोकतन्त्र बलियो बनाउन दलहरू बलियो हुन पर्ने बताएकी हुन्। 

सोमबार सुर्खेतको वीरेन्द्रनगरमा पाँच शय्याको महिला तथा बालबालिका नगर अस्पतालको उद्घाटन गर्दै उनले देशको राजनीति ठीक ढंगले अघि बढाउन पनि दलहरू एकताबद्ध हुनुपर्ने बताइन्। उनले लोकतन्त्र बलियो बनाउने मुख्य तत्वहरू भनेको राजनीतिक दलहरू भएकाले दलहरू कमजोर भए देश नै कमजोर हुने बताइन्। 

उनले राजनीतिक दलहरूले आ–आफ्नै प्रकारको आस्था र सिद्धान्त बोके पनि त्यो देश र जनताका लागि सबैमा एकता आवश्यक रहेको बताइन्। पूर्वराष्ट्रपति भण्डारीले बालबालिका भनेका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताउँदै महिला तथा बालबालिकाको क्षेत्रमा सोचेजस्तो प्रगति हुन नसकेको बताइन्। उनले भनिन्, 'मातृशिशु स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन वीरेन्द्रनगर नगरपालिकाको लगानीमा सञ्चालनमा ल्याइएको ५ शय्याको महिला तथा बालबालिका अस्पताललाई सेवा सुविधा विस्तार गरी ५ सय शय्यासम्म पुर्‍याउनुस्। भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने जनशक्ति निर्माण गर्न बालबालिकाको पालन पोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षामा विशेष लगानी जरुरी छ।' 

यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरूलाई अझै पनि रुढीवादी सोचका कारण सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक हिसाबले पछि परिरहेको बताइन्। ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस सन् २०२४ का अवसरमा सोमबार वीरेन्द्रनगरमा आयोजित प्रथम कर्णाली प्रदेश स्तरीय महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। भण्डारीले भनिन्, 'महिलाले प्राप्त गरेको उपलब्धिको रक्षा गर्दै महिला सशक्तीकरणको अभियानलाई जारी राख्नुपर्ने छ। महिलाको सीप, क्षमतालाई मुलुकको विकास प्रक्रियामा सदुपयोग गरी स्रोत, साधन र अवसरमा समान पहुँचको माध्यमबाट संविधानले परिलक्षित गरेको लैंगिक समानताको उद्देश्य हासिल गर्न सकिन्छ।' उनले उपस्थिति महिलाहरूलाई भण्डारीले शैक्षिक, आर्थिक सशक्तीकरणका साथै समग्रमा समाजको सांस्कृतिक रुपान्तरणका लागि अझै संघर्ष जारी राख्न आग्रह गरिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.