गृहमन्त्री हुँदा जनतामा आशा जगाउने काम गर्ने प्रयास गरेँ : श्रेष्ठ

गृहमन्त्री हुँदा जनतामा आशा जगाउने काम गर्ने प्रयास गरेँ : श्रेष्ठ
सुन्नुहोस्

काठमाडौं : निवर्तमान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले मुलुकमा सुशासन कायम गर्दै जनतामा आशा जगाउने काम गर्ने प्रयास गरेको बताएका छन्।

बुधबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा श्रेष्ठले आफूले मन्त्रालयको कार्यभार सम्हालेदेखि नै कायम गर्दै जनतामा आशा जगाउने काम गर्ने प्रयास गरेको दाबी गरे। 

मिटरब्याज पीडितको समस्या गर्नका लागि आयोग गठन गरेर काम गरेको र अहिले जिल्ला प्रहरी कार्यालयमार्फत उनीहरुको समस्या समाधान गर्ने प्रयास भइरहेको उनले बताए। उनले मिटरव्याज पीडितको समस्यामा मन्त्रालयले निरन्तर ध्यान दिनुपर्ने धारणा राखे। 

श्रेष्ठले विभिन्न प्रकरणमा भएका अनुसन्धानलाई नरोक्न र थप प्रभावकारी ढंगले अनुसन्धान गर्न आग्रह गरे। श्रेष्ठलाई गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख लगायतले बिदाई गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.