इतिहास सेलरोटीजस्तो घुम्दैन, स्प्रिङजस्तो घुम्छ : विष्णु पौडेल

इतिहास सेलरोटीजस्तो घुम्दैन, स्प्रिङजस्तो घुम्छ : विष्णु पौडेल
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसदमा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दलहरू मिलेर सरकार बनाइनु स्वभाविक भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले कुनै निश्चित दलसँग मात्रै सत्ता सहकार्य हुनुपर्छ भन्ने कहि कतै नभएको भन्दै संसदभित्र जुनसुकै दलका बीच पनि सहकार्य हुनु स्वभाविक प्रक्रिया भएको बताएका हुन्।

बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहमति र प्रतिवद्धताविपरीत गठबन्धन तोडेको आरोप लगाएपछि एमाले उपाध्यक्ष पौडेलले विगतका अनुभवबाट शिक्षा लिएर नै नयाँ सहायात्रा तय भएको स्पष्ट पारे। उनले विगतको गठबन्धनका समस्यालाई खुलस्तरुपमा राखेर सहज र संविधानसम्मतरुपमा विकल्प खोज्ने काम प्रधानमन्त्रीबाट भएकाले सबै दलले यसलाई सहज र स्वभाविकरुपमा लिनुपर्ने धारणा राखे।

सधैं उही परिस्थिति र अवस्था नहरने भन्दै पूर्वअर्थमन्त्री पौडेलले कांग्रेसले हिजोको गठबन्धन ठिक थियो,नयाँ गर्नु हुँदैनथ्यो भनेर भन्नु ठिक नभएको जिकिर गरे। उनले इतिहास सेलरोटीजस्तो नघुम्ने भन्दै व्यंग्य समेत गरे। उनले भने,'इतिहास सेलरोटीजस्तो घुम्दैन। स्प्रिङजस्तो घुम्छ। सधै एकनासको हुँदैन।'

उनले वर्तमान सरकार र गठबन्धनले संसद्को बाँकी कार्यकाल पूरा गर्ने विश्वास व्यक्ति गरे । पौडेलले मुलुकको सुशासन,समृद्धि र सामाजिक न्यायका लागि नयाँ गठबन्धन बनेको भन्दै यसलाई अविचलितरुपमा अघि बढाउनुपर्ने बताए।

नेता पौडेलले अहिले भएको सहयात्रा जनता र राष्ट्रका समस्यालाई सम्बोधनमा केन्द्रित रहने पनि जिकिर गरे। 'सहयात्राले प्रतिनिधिसभाको यो कार्यकाल पूरा गर्नेछ। यो कुनै स्वार्थको लेनदेनमा आधारित सहयात्रा  होइन।  यो कुनै अवसरका लागि गरेको सहयात्रा होइन,'उनले भने,' यो सहयात्रा दुर्घटनामा पनि पर्दैन। आशंका नगरे हुन्छ। दुर्घटनामा परोस् भनेर कसैले अपेक्षा नगरे हुन्छ।'
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.