कांग्रेसलाई धोका दिने वर्तमान सरकार लामो समय टिक्दैन : गगन थापा

कांग्रेसलाई धोका दिने वर्तमान सरकार लामो समय टिक्दैन : गगन थापा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार लामो समय टिक्ने भरोषा कसैसँग पनि नरहेको बताएका छन्। बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले प्रधानमन्त्री प्रचण्डले गठबन्धन परिवर्तन गर्न दलहरुलाई पटक पटक धोका दिने गरेको बताएका हुन्।

उनले सरकार लामो समय टिक्ने भरोषा कसैसँग पनि नरहेको दाबी गरे । थापाले संसदमा एमाले अध्यक्ष केपी ओलीको हाउभाउ हेर्दा पनि आफूलाई धोका दिन सक्नेतर्फ सचेत देखिएको उल्लेख गरे ।

उनले प्रधानमन्त्रीले अहिले जनमतलाई समेत लत्याएको बताए । थापाले गठबन्धन परिवर्तन गर्दा कांग्रेसप्रति लगाएको आरोप ढाकछोप गर्ने बहानामात्रै रहेको टिप्पणी गरे । निर्वाचनअघि गठबन्धन गरेकाले इमान्दारीपूर्वक कांग्रेसले साथ दिइरहेको अवस्थामा प्रधानमन्त्रीले त्यसलाई भत्काएपछि विभिन्न ढोका खुल्ला भएको उनले बताए।

उनले नेपालमा निर्वाचनअघि हुने गठबन्धनलाई संवैधानिक, राजनीतिक सबै तबरबाट सधैका लागि बन्द गर्नुपर्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.