पाल्पाका शिव मन्दिरमा भक्तजनको भीड

पाल्पाका शिव मन्दिरमा भक्तजनको भीड
सुन्नुहोस्

तानसेन : महाशिवरात्रिका अवसरमा पाल्पाका विभिन्न शिव मन्दिर तथा प्रसिद्ध शिव धामहरूमा  भगवान शिवको पूजाआजा तथा भजन कीर्तन गर्ने भक्तजनको भीड लागेको छ। 

तानसेनको नारायणस्थानमा १०८ गौमुखे धारासहित १ हजार ६ सय किलोको शिवलिङ्ग स्थापना गरी, मूर्तिको प्राण प्रतिष्ठा, रुद्री पाठ गरी शिव आराधना गरिएको छ। पाल्पामा तिनाउको दोभान सिद्धवावा मन्दिर, बगनासकाली बराङ्दीको महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम  तानसेनको ठुटेपीपल वद्रेश्वर शिवालय, बतासेडाडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुर लगायतका स्थानका  शिवालय मन्दिरहरूमा भक्तजनको भीड देखिन्छ। 
      

शिवरात्रिको दिनमा भगवान शिवको पूजाआजा भजनकीर्तन गर्ने, उपवास बसेमा मनको कामना पूरा हुने जनविश्वास रहँदै आएको छ।  भगवान शिवलाई बेलपत्र, भाङ धतुरो चढाउने परम्परामा पनि रहँदै आएको छ। 

हिन्दु धर्ममा  देवका  पनि महादेवका  रुपमा भगवान शिवलाई पूजाआजा भजन कीर्तन गर्ने परम्परा रहेको छ।  भगवान शिवको पूजा पाठ गर्न भजन कीर्तनका लागि बिहानैदेखि भक्तजनहरू पाल्पाका शिव मन्दिरहरूमा पुगेका छन्। भगवान शिवको उत्पत्ति भएको दिनका रूपमा हिन्दूहरूले शिवरात्रि पर्व मान्दै आएको पौराणिक कथन रहेको पाइन्छ।  

पूर्व युवराज पारस शाहले पाल्पामा गरे शिव पूजा र आरधना 

पूर्व युवराज पारस शाहले पाल्पाको बगनासकाली गाउँपालिका-९ बराङ्दीमा रहेको महामृत्युञ्जय शिवासन शिव पूजासहित आराधना गरेका छन्। उनी पाल्पामा शिव पूजाका लागि आएको पहिलो पटक हो। मन्दिरमा केही समय सर्वसाधारणको पूजाआजा रोकेर पूर्व युवराज पारसले महामृत्युञ्जय शिवासनमा शिवको नित्य पूजा गरेका हुन्। 

पूर्व युवराज पारसले शिवलिङ्गमा जलधारा, दूधधारा, घिउबाट स्नान गराएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.