नेप्सेमा सामान्य करेक्सन, ४ अर्ब २४ करोडको सेयर कारोबार
काठमाडौं : अघिल्लो कारोबार दिन उच्च अंकले बढेको नेप्से आज सामान्य अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.१२ प्रतिशतले घटेर ३७४.६५ विन्दुमा अडिएको छ।
मंगलबार नेप्से परिसूचक ५८ अंक बढिले बढेको थियो। यसदिन ३१० कम्पनीकव १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ४ अर्ब ५५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो । सो कम्पनीको २५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
सोनापुर मिनरल्सले २० करोड बढिको सेयर कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्सको २० करोड,अपर तामाकोशीको १५ करोड र गुराँस फाइनान्सको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
यसदिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर ९.९९ प्रतिशत बढ्यो। यसैगरी उन्नति सहकारी लघुवित्त वित्तीयको ९.५८प्रतिशत ,आत्मनिर्भर लघुवित्त वित्तीयको ९.२२ प्रतिशत,समाज लघुवित्तीय वित्तको ९.०३ र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ७.८९ प्रतिशतले सेयर मूल्य बढ्यो।
आज अपर ताकोशी हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। सात उपसमूहको सूचक नकारात्मक देखिँदा ६ उपसमूहको सूचक भने सकारात्मक देखिएका छन्।
कारोबारमा आएका १३३ कम्पनीको मूल्य घट्दा ९८ वटाको मात्रै मूल्य बढ्यो।