एमाले लुम्बिनीले पार्टी सदस्यको परीक्षा लिने

एमाले लुम्बिनीले पार्टी सदस्यको परीक्षा लिने
सुन्नुहोस्

बुटवल : नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशभित्र रहेका १२ वटै जिल्लाका पार्टी सदस्यहरूको परीक्षा लिने भएको छ। चैत ५ गते हुने परीक्षामा प्रदेशभरका ८६ हजार २ सय ५० जना नेता/कार्यकर्ताहरू सहभागी हुनेछन्। 

बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले परीक्षाको नतिजाबाट पार्टीका कार्यकर्ताहरूको स्तर निर्धाण हुने र त्यसै अनुसार पार्टीभित्र जिम्मेवारी दिइने नीति बनाइएको जानकारी गराइन्। 

‘परीक्षाले कसलाई कुन लेभलको जिम्मेवारी दिने भन्ने जानकारी हुनेछ,' अर्यालले भनिन्,‘लुम्बिनी प्रदेशबाट एउटा नौलो अभ्यास गर्दैछौं।’ उनले पार्टीलाई सांगठिनकरूपमा बोलियो बनाउनका लागि बेलाबेला सदस्यहरूको परीक्षा लिनुपर्ने समेत बताइन्।

परीक्षामा कमजोर हुने पार्टी सदस्यहरूलाई स्कुल विभागको माध्यमबाट प्रशिक्षणको व्यवस्था मिलाउने समेत उनले सुनाइन्। जिल्ला कमिटीको संयोजनमा लुम्बिनी प्रदेश कमिटीले सञ्चालन गर्ने उक्त परीक्षाको केन्द्र वडा कमिटीका कार्यालयहरूलाई तोकिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.