कांग्रेसले उठायो गृहमन्त्रीमाथि प्रश्न

रवि लामिछानेलाई गगनको सुझाव : लाञ्छनाबाट मुक्त हुनुहोस्, नखाएको विष लाग्दैन

रवि लामिछानेलाई गगनको सुझाव : लाञ्छनाबाट मुक्त हुनुहोस्, नखाएको विष लाग्दैन

काठमाडौं : नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएको हो। सोमबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै महामन्त्री गगनकुमार थापाले अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीको नियुक्तिका विषयमा प्रधानमन्त्रीको जवाफ मागेका हुन्।

'जो मुछिएको छ ऊ आफैले अनुसन्धान गर्छ भनेर हामीले कसरी विश्वास गर्ने। यसैले प्रधानमन्त्रीबाट जवाफ चाहिएको हो। हामीले त्यस्तो ओठे जवाफ होइन । प्रधानमन्त्री बनाइदिने भन्ने  जवाफ होइन।  हामीले  जिम्मेवारी बोधका साथ जिम्मेवारी चाहियो।'

थापाले आफै अनुसन्धानको दायरमा रहेका गृहमन्त्रीले कसरी  निष्पक्ष छानविन गर्छन् भन्दै प्रश्न समेत गरे। 'सहकारीमा जसले ठगी गरेको छ फियर ढंगले अनुसन्धान होस्। एउटा प्रमाण पनि नष्ट नहोस्। प्रमाण प्रहरीसँग छ। पीडितले प्रहरीमा प्रमाण दिएका छन्,'उनले भने।

पूर्वस्वास्थ्य मन्त्री समेत रहेका थापाले आफूमाथि लागेको आरोपबाट मुक्त रहन गृहमन्त्री लामिछानेलाई सुझाव समेत दिए। 'म यो सदनबाट मेरा मित्र गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु।  यसलाई टुंगाउन दिऔं। दूधको दूध पानीको पानी हुन दिऔं। नखाएको विष लाग्दैन। त्यसको पीडा मैले पनि भोगेको  छु। हामी सबैले भोगेका छौं। यदि विष खाएको छैन भने विष लाग्दैन। हामी कसैले पनि न्यायाधीश बनेर त दोषी भन्न पाउँदैन। हामी कसैले भनेका छौं भने त्यसलाई म गलत भन्छु। यदि दोष छैन भने लाञ्छनाबाट मुक्ति पाउनुपर्छ। आरोपबाट मुक्ति पाउनुपर्छ। नयाँ मन्त्रीलाई काम दिनुपर्छ। हामी दिन्छौं काम गर्न।  तर विष खाएको छ भने विष लाग्छ।'

गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.