रिडी–तम्घास सडक दैनिक १२ घण्टा बन्द हुने

रिडी–तम्घास सडक दैनिक १२ घण्टा बन्द हुने
सुन्नुहोस्

गुल्मी : मदन भण्डारी राजमार्गअन्तर्गतको रिडी–तम्घास सडक दैनिक १२ घण्टा बन्द हुने भएको छ। सडकमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य सुरु भएकाले २७ दिनका लागि उक्त सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले जनाएको छ। बुधबार बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने कार्यालयले जनाएको छ। 

रिडी–तम्घास अन्तर्गतको २५ किलोमिटर साँघुरो सडकमा पहरो फोर्ने, सडक चौडा पार्ने र ग्रेड मिलाउने कार्य भइरहेको छ। सडकको ७.७५ चौडाइ कालोपत्रेको काम भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका इन्जिनियर शर्मिला शर्माले बताइन्।  

तम्घास–रिडी सडक गुल्मी जिल्ला सदरमुकाम आउने मुख्य सडक मानिन्छ। सडक बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न कार्यालयले आग्रह समेत गरेको छ। उक्त सडक निर्माण तथा स्तरउन्नतीको काम समान्तर इलाइट जेभीले गरिरहेको छ। 

समान्तर इलाइट जेभीले कार्यालयसँग २०७९ साल फागुन २८ गते सम्झौता गरेपनि सडकको हालसम्म २५ प्रतिशत भौतिक प्रगति र ११.५३ वित्तीय प्रगति भएको छ।  एक अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँ लागतमा २०८२ साल फागुन २५ गतेसम्म सडक स्तरउन्नति र कालोपत्रे गर्नेगरी सम्झौता भएको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.