फरार आरोपित पक्राउ
राजविराज : चोरी मुद्दामा कैद सजाय तोकिएका एक अभियुक्त बुधबार पक्राउ परेका छन्। सप्तरी जिल्ला अदालतबाट कैद र सजाय तोकिएपछि फरार रहेका सप्तरीको राजविराज नगरपालिका-१३ विषहरियाका ५० वर्षीय रामकुमार रामलाई गाँउघरबाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले रामलाई पक्राउ गरेको हो। अदालतबाट आरोपित रामलाई २० दिन कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएपछि उनी फरार रहेका थिए।