फागुको मौलिकता जोगाउन जनप्रतिनिधि बस्तीमा

फागुको मौलिकता जोगाउन जनप्रतिनिधि बस्तीमा
पाल्पामा परम्परागत फागु नाच नाच्दै । तस्बिर : कृष्ण पोखरेल।
सुन्नुहोस्

तानसेन : पाल्पा माथागढी १ चिदिपानीका बुढापाका, युवा, वालबालिका, महिलाहरू सबै जना रमाएर रंगको होली खेल्दै घरघर चोक, चोक मन्दिर, चौपारीमा परम्परागत फागु नाच खेलेका छन । लोप हुँदै गएको परम्परागत फागु नाच आफ्नै घर आँगन बस्ती बस्ती टोल टोलमा देख्न पाउदा चिदिपानीबासीहरू रमाएका छन् । हराउँदै गएका फागु नाचको मौलिकता जोगाउन माथागढी गाउँपालिका–१ चिदिपानीले साविक ९ वटा वडाहरूमा पुगेर स्थानीय बासिन्दाहरूलाई सहभागी गराउँदै फागु नाचको महत्व झल्काएको छ । 

फागु पूर्णिमा भन्दा एक हप्ता अगाडिदेखि नै गाउँघर टोल टोलमा अविर, रंग लगाउँदै खेल्दै रामायण, कृष्ण चरित्र गाउदै ढोलक, टेम्को,मादल खैजरु, मझुरा बजाउँदै परम्परागत फागु नाच नाच्ने प्रचलन दिनहुँ हराउँदै गए तापनि चिदिपानी क्षेत्रमा भने परम्परागत कला संस्कृति जोगाउन वडाका जनप्रतिनिधिहरू नै कस्सिएर लागेका छन । 

nullमाथागढी १ चिदिपानीले बाटो घाटो भवन पुल खानेपानी मात्रै विकास निर्माणको आधार नभई गाउँघरमा रहेका परम्परागत मौलिक कला संस्कृतिहरू पनि बचाउन, जनताहरूलाई एक आपसमा घुलमिल बनाउने पनि विकासको एक महत्वपूर्ण आधार हो भनी वडाले पहिलोपटक सबै क्षेत्रमा परम्परागत फागु नाच वडाभरी नै, गाउदै, रमाउदै, सिक्दै सिकाउदै हिँडेको वडाध्यक्ष राजकुमार पन्थीले बताए । एक आपसमा रंग अविर दल्दै, खेल्दै रामायण, कृष्ण चरित्रका रस लिला टुक्काका रूपमा गाउदै, श्रृङ्गारीक रसका भाव प्रयोगले बुढापाका देखि युवायुवती बालबालिकाहरूबीच रमाइलो गर्ने प्रचलनले एक आपसमा परम्परागत फागु नाचको पुस्ता हस्तान्तरणमा सहयोग पुगेको चिदिपानी धैरेनीका डुकुलबहादुर गाँहाले बताए । 

 भजन तथा चुट्टाको तालमा मादल ढोलक, दमाहा, ट्याङकुली टेम्को साथमा नाच्दै एक आपसमा रंग, अविर दली रमाईलो गर्दा निकै आनन्द आएको चिदिपानीकी मनिषा सारुले बताइन् । पहिले पहिले टिभी भिडियोमा हेर्ने गरेको फागु नाच आफ्नै टोल बस्तीमा हेर्न पाएकोमा फरक आनन्द आएको आफ्ना छोरा छोरीहरूले पनि सिको गर्ने धैरेनीका खुम बहादुर थापाले बताए । माथागढी चिदिपानीका जनप्रतिनिधिसहित, गाउँघरमा बुढापाका, युवापुस्ता, बालबालिकासम्मलाई समेटेर वडा कार्यालयले फागु समूह बनाइ फागु संस्कृति जर्गेना अभियानामा लागेको हो ।

nullयुवा पुस्तामा रंग अविर लगाएर होली पर्व मनाए पनि परम्परागत फागु नाचको जानकारी नहुदा कला संस्कृति नै लोप हुने अवस्था बाट बचाउन गाउँ गाउँमा बुढापाका सँगै युवा पुस्ता जमेर फागु नाचमा रमाएका थिए । गाउँका बुढापाका सँगै फागु नाचको परम्परागत कला संस्कृति सिक्न र सिकाउन फागु समूहमा सहभागी भएको युवाहरूले बताएका छन । अहिलेको युवा पुस्ता मोवाईल टिभी, सामाजिक सञ्जालमा मात्र केन्द्रित रहेकोले फागु संस्कृति देखाउन सिकाउन सबै रमाउन गाउँगाउँमा मौलिक फागु नाच नाच्दै हिँडेको चिदिपानीकी लिला कुमारी विकले बताइन् ।

nullविगतका वर्षहरूमा क्यासेटमा गीत–संगीत बजाएर नाच गान गर्ने रंग अविर लगाएर फागु खेल्ने गरेका मगरी बस्तीहरूमा यस पटकको फागुमा भने प्रत्यक्ष रूपमा फागु नाच हेर्न पाएका छन् । बुढापाकामा रहेका असीमित मौलिक कशवंस्कृतिहरू लाई युवा पुस्तामा हस्तानतरण गरी मौलिक कला संस्कृति जर्गेना गर्न माथागढी चिदिपानी वडा कार्यालयले चालेको नौलो अभियानले मौलिक कला संस्कृतिको पहिचान जोगाउन सहयोग पुगेको छ । पाल्पाको चिदपानीले जस्तै अन्य वडा तथा पालिकाहरूल परम्परागत फागु नाच जस्ता मौलिक संस्कृतिलाई जीवन्त राख्नका लागि अभियान सञ्चालन गरेमा लोप हुँदै गएका स्थानीय कला संस्कृतिहरू जोगिदै जाने छन । 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.