गुल्मीमा एसईई परीक्षा दिने विद्यार्थी घटे

गुल्मीमा एसईई परीक्षा दिने विद्यार्थी घटे
सुन्नुहोस्

गुल्मी : गुल्मीमा माध्यमिक शिक्षा परीक्षा  (एसईई) दिने विद्यार्थीको संख्या प्रत्येक वर्ष घट्दै जान थालेको छ। गतवर्ष गुल्मीबाट चार हजार सात सय २२ विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। जसमध्ये यसवर्ष चार हजार ९७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। 

यस आर्थिक वर्षमा छ सय २५ जना विद्यार्थी संख्या घटेको  शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए।

आगामी चैत १५ गतेदेखि सुरु हुने परीक्षामा जिल्लाबाट नियमित साधारण तर्फ ३ हजार ७ सय ९० जना र नियमित प्राविधिक तर्फ २ सय ९५ जना विद्यार्थी सहभागी हुने छन्। ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी हुने कार्यालयलले जनाएको छ। 

एसईई परीक्षाका लागि गुल्मीमा २८ वटा केन्द्र तोकिएको छ। सबै परीक्षा केन्द्रमा प्रश्नपत्र र उत्तर पुस्तिका पुगिसकेका छन्। यस वर्ष जिल्लाको रुरु क्षेत्रमा रहेको एउटा परीक्षा गाभिएको छ भने रेसुङ्गा नगरपालिकामा रहेको एउटा परीक्षा केन्द्र हटाइएको छ।

मंगलबार पत्रकार सम्मेलनमार्फत परीक्षाका लागि सबै तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ। परीक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबै केन्द्र प्रश्नपत्र उत्तर पुस्तिका पुगेसकेको छ। यसवर्ष एक जना दृष्टिविहीन र एक जना फरक क्षमता भएका विद्यार्थी सहभागी हुँदै छन्। विद्यार्थी संख्यामा कमी आएपछि केही विद्यालयमा रहेका परीक्षा केन्द्रहरू पनि गाभिएका छन्।
    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.