कोशी प्रदेश सरकारको बैठक पहिलो पटक धनकुटामा

कोशी प्रदेश सरकारको बैठक पहिलो पटक धनकुटामा
सुन्नुहोस्

धनकुटा : कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक पहिलो पटक धनकुटामा बसेको छ। मंगलबार धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा बैठक बसेको हो। 

मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण तीनवटा निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले बताए। मन्त्री राईले प्रदेशका सम्पूर्ण कार्यालयहरूले मायाको चिनो तथा उपहारहरू प्रदानको लागि प्रदेश भित्रै उत्पादन भएको वस्तुहरूलाई उपहार तथा चिनोका रुपमा प्रदान गर्न सबै कार्यालयहरूलाई कोशी प्रदेश सरकारको तर्फबाट पत्राचार गर्ने, किरातीहरूको धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने र कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक हरेक महिनाको एक पटक धनकुटामा बस्ने निर्णय गरेको बताए। 

२०७६ वैशाख २९ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरेका थिए। तर सम्पर्क कार्यालय स्थापना गरेको लामो समय बित्दा समेत एक पटक पनि धनकुटामा बैठक बसेको थिएन। मुख्यमन्त्रीका रुपमा कार्की नियुक्ति भएसँगै धनकुटामा मन्त्रिपरिषद्को बैठक बसेको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.