मध्यरातसम्म प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल

मध्यरातसम्म प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल
फाइल तस्बिर।

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गएराती छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग छलफल गर्न मंगलबार बेलुका पौने १० बजे सभापति देउवा गएका हुन्।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र देउवाबीच झण्डै १ घण्टा छलफल भएको छ। स्रोतले भन्यो,‘प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा पौने १० बजे आउनुभएको थियो। भेटमा टीआरसी विधेयक, बैशाख १५ गते हुने उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल भयो।’

मंगलबार दिउँसो राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो। त्यसपश्चात कांग्रेसका अन्य नेता लिएर सभापति देउवा बालुवाटारमा प्रचण्डलाई भेट्न गएका हुन्। भेटमा देउवाले आन्तरिक रुपमा गम्भीर छलफल नगरी गठबन्धन परिवर्तन गरेको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए।

नयाँ गठबन्धन बनेपछि प्रचण्ड र देउवाबीच पहिलो पटक छलफल भएको हो।उनीहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

इलाम-२ र बझाङको प्रदेशसभा–१ मा बैशाख १५ गते निर्वाचन हुँदैछ। एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई र बझाङको प्रदेशसभा–१ मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। अन्य दलले हालसम्म उम्मेदवार तय गर्न सकेका छैनन्।

संसदीय समितिबाट संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा (टिआरसी) विधेयक पास गर्ने उद्देश्यले बोलाइएको बैठक तत्कालीन कानुन मन्त्री धनराज गुरुङले एक पटक पुन: प्रधानमन्त्रीसँग छलफल गर्ने भन्दै रोकेपछि प्रचण्ड असन्तुष्ट बनेका थिए। लगत्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच ८ बुँदे सहमति गर्दै प्रचण्डले गत फागुन २१ गते नयाँ सत्ता समीकरण बनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.