मिलनचोक-सल्यान सडक कालोपत्रे सुरु

मिलनचोक-सल्यान सडक कालोपत्रे सुरु
सुन्नुहोस्

बेनी  : म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ धाइरिङको मिलनचोक-सल्यान-घाहाखेत-धारापानी-ठोट्नेरी सडक आयोजनाको मिलनचोक-सल्यान खण्डमा कालोपत्रे गर्न थालिएको छ। 

निर्माण कम्पनी हिमदुङ एन्ड थोकरले शनिबार सल्यानदेखि मिलनचोक तर्फ कालोपत्रे गर्न प्राइम कोट बिछ्याउन थालेको हो। पहिलो दिन १ किलोमिटर सडकमा प्राइमकोट बिछ्याएको निर्माण कम्पनीका आयोजना व्यवस्थापक दिपेन्द्र श्रेष्ठले जानकारी दिए।  

मिलनचोकदेखि सल्यानसम्म ३ दशमलव  ५ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको उनले बताए। धाइरिङको पहिरोभन्दा माथिदेखि घाखेत-ठाट्नेरी तर्फ पनि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्ष भित्रनै कालोपत्रे गर्ने तयारी गरेको आयोजना व्यवस्थापक श्रेष्ठले बताए। 

मिलनचोकदेखि ठोड्नेरी जोड्ने १० किलोमिटर दूरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न २०७६ मंसिर ६ गते २८ करोड १३ लाख रुपैयाँमा हिमदुङ एन्ड थोकर प्रालीले ठेक्का सम्झौता गरेको थियो। गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मार्फत सञ्चालित यो सडक २०७८ मंसिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। 

निर्माण कम्पनीलाई धरौटी जफत गरि ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने तयारी भएपछि दुई वर्षदेखि अलपत्र योजनाको कामले तीव्रता पाएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले बताए। 

५ मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे हुने सडक सात मिटर फराकिलो र नाली निर्माण गर्ने कामले गत मंसिर महिनादेखि तीव्रता पाएको थियो। जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले सडक कालोपत्रे हुन थालेपछि स्थानीयबासी उत्साही भएका बताए।  

स्थानीयबासी र जनप्रतिनिधिहरूले सडक निर्माणमा भएको ढिलाइप्रति खबरदारी र दवाव दिएका थिए। अधिकांश भागमा विस्तार, ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, नाली बनाउने काम सकिएको सडकको मिलनचोकदेखि सल्यान खण्डमा ग्राभेल समेत गरेर कालोपत्रे गर्न थालिएको हो। 

निर्माण कम्पनीका प्रतिनिधि समेत रहेका जलजला गाउँपालिकाका पूर्वअध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना महामारी, कमजोर भूगोल, पहिरो, नदीजन्य निर्माण सामग्रीको अभाव र सामाजिक समस्याका बाबजुद नोक्सान ब्यहोरेर भएपनि सडक निर्माणको जिम्मेवारी पूरा गर्न लागेको बताए। 

यो सडक धाइरिङका १ हजारभन्दा बढी घरधुरीले प्रयोग गर्छन्। धाइरिङमा उत्पादित तरकारी निकासी, भुमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई सहज अपेक्षा गरिएको छ। यो सडकको हालसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय पर्वतका इञ्जिनियर जिता गिरीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.