डम्बरलाई इलाम-२ मा इतिहास रच्ने अवसर

डम्बरलाई इलाम-२ मा इतिहास रच्ने अवसर

इलाम : आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम-२ मा नेपाली कांग्रेसबाट डम्बर खड्का उम्मेदवार बन्ने भएका छन्। पार्टीले जिल्ला सभापति खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

सभापति शेरबहादुर देउवाले खड्कालाई दोस्रोपटक अवसर दिएका हुन्। गत २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खड्का एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए। नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए। 

शेखर कोइराला समूहले यसपटक भेषराज आचार्यलाई उम्मेदवार बनाउन ठूलै कसरत गरेको थियो। तर, अन्त्यमा देउवाले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरे। मूलतः इलाममा खड्काको छबि र अघिल्लो पराजयलाई जितमा बदल्ने मौकाको रूपमा सभापति देउवाले उनलाई टिकट दिएको कांग्रेस नेताहरूले बताएका छन्।

विपन्न, विरामीदेखि धार्मिक स्थलसम्म दिल खोलेर सहयोग गर्ने गरेका खड्काको छबि ‘सहयोगी मान्छे’का रूपमा रहेको छ। उनले मन्दिरदेखि वृद्धाश्रम हुँदै युवाहरूको कार्यक्रममा पनि मोटो रकम सहयोग गर्ने गरेका छन्। उनले सदरमुकामको सिंह वाहिनी मन्दिरलाई मात्रै ३५ लाख सहयोग गरेको बताए। इलाम नगरपालिका ७ मा घर भएका उनी निर्माण व्यवसायी हुन्। उनले कमाइको झन्डै १० प्रतिशत गरिब दुःखीका लागि खर्च गर्ने गरेको बताए। 

निरन्तर राजनीति र सामाजिक कार्यमा संलग्न उनले महिनामै लाखौं खर्च गर्ने गरेका छन् । उनी भन्छन्, 'दिँदै गइन्छ हिसाब राखेको छैन।' विकास निर्माण, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद र युवा स्वरोजगारको विषयमा चासो राख्ने खड्का असहाय असक्तको साहारा बन्दै आएका छन्। 

इलाम जिल्लाका जुनसुकै निर्वाचन क्षेत्र र जुनसुकै विचारधारामा आस्था राख्ने समुदाय वा व्यक्ति भए पनि खड्का बाटो नपुगेको ठाउँमा आफ्नो निजी सम्पत्ति लगाएर बाटो खन्ने, मठ, मन्दिर, गुम्बा, चर्च मर्मत र निर्माण कार्यमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन्। 

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रामा प्रवेश गरेका खड्का नेपाली कांग्रेस इलामका वर्तमान पार्टी सभापति हुन्। विनाशकारी भूकम्पको बेला उनले प्रभावित क्षेत्रका पीडितलाई २५ लाख बढीको राहत सामाग्री संकलन र वितरण गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.