सुनसरीलाई तेस्रो हिले बक्रकुण्ड गोल्डकपको उपाधि

सुनसरीलाई तेस्रो हिले बक्रकुण्ड गोल्डकपको उपाधि
सुन्नुहोस्

धनकुटा : धनकुटा नगरपालिका-१ हिलेमा सम्पन्न तेस्रो हिले बक्रकुण्ड गोल्डकपको उपाधि सुनसरीले जितेको छ। सोमबार हिले खेलमैदानमा सम्पन्न फाइनल खेलमा इलामलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै सुनसरीले उपाधि जितेको हो। उपाधिसँगै सुनसरीले नगद १ लाख रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्‍यो। त्यस्तै उपविजेता बनेको इलामले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझायो। 

निर्धारित समयमा दुवै टिमबाट दुई/दुई गोल भएपछि खेल टाइव्रेकरमा धकेलिएको थियो। टाइव्रेकरमा सुनसरीका पाँचै जना खेलाडीले गर्दा इलामका एक जनाको प्रहार पोस्ट माथिबाट बाहिरिएको थियो। सुनसरीका मिलन लिम्बूले गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए। 

विपक्षी टिम इलामका डिफेन्डरहरू बीच तालमेल नमिलेको फाइदा उठाउँदै उनले गोल गरेका थिए। पहिलो गोल गरेको केही समयपछि पुनः मिलन नै अर्को गोल थप्दै आफ्नो टिमको अग्रता दोब्बर बनाए। रोमन लिम्बूले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए। 

२ गोलले पछि परेको स्थितिमा सुनसरीका खेलाडीले आत्मघाती गोल गर्दै इलामले अग्रता २–१ बनाएको थियो। इलामका शौरभ कार्कीको प्रहार सुनसरीका रोमन लिम्बूको खुट्टा लाग्दै आफ्नै  गोलपोस्ट तिर छिरेको थियो। दोस्रो हाफमा इलामका शौरभ कार्कीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि दुवै टिमबाट गोल हुन सकेन। दुवै टिमबाट २/२ गोल भई खेल बराबरीमा सकिएपछि टाइब्रेकरमा धकेलिएको थियो। 

टाइब्रेकरमा सुनसरीको तर्फबाट  मिलन लिम्बू, नितेश लिम्बू, सुवास, सनिर तामाङ, दोर्जे तामाङले गोल गरेका थिए। इलामको तर्फबाट शौरभ कार्की, सुशील सुब्बा र मौसम राईले गोल गरेका थिए। भने नवराज राईको प्रहार पोस्ट माथिबाट बाहिरिएको थियो। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी इलामका मिङ्मा गुरुङ घोषित भए। त्यस्तै प्रतियोगिताभर ४ गोल गर्दै सुनसरीका मिलन लिम्बु सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकीपर विपिन मगर घोषित भए। खेलाडीहरूलाई धनकुटा नगरपालिका नगरप्रमुख चिन्तन तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए। 

हिलेस्थित धार्मिक स्थल बक्रकुण्ड मन्दिरका नाममा हिले फुटबल क्लबले तीन वर्षअघिदेखि प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ। गत चैत २३ गतेदेखि सञ्चालन प्रतियोगिता आयोजक धनकुटा सहित मोरङ, सुनसरी, झापा, इलाम, संखुवासभा, तेह्रथुम र सप्तरी जिल्ला गरी आठ टिमको सहभागिता रहेको क्लबका सचिव अर्जुन शाहीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.