किन आन्दोलनमा उत्रिए कार्गो व्यवसायीहरू ?
काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो एक्सरे मेसिन बिग्रदा सामान जाँचपास गराउन समस्या भएको भन्दै कार्गो व्यवसायीहरू आन्दोलित भएका छन् ।
कार्गो एक्सरे मेसिन बिग्रेको डेढ महिना हुँदा पनि मर्मत वा नयाँ किन्ने काम नभएको भन्दै उनीहरू सामान निकासी बन्द गरेर आन्दोलित भएका हुन् ।
मेसिन बिग्रदा धेरै समस्या भएको र पटकपटक सरोकारवालाहरूलाई ध्यानाकर्षण गराउँदा पनि मर्मत नगरिएकाले बाध्य भएर सामान निकासीको काम बन्द गर्नुपरेको कार्गो व्यवसायी खेमराज सुवेदीले जानकारी दिए। । सामान निकासी जाँचपाचको क्रममा समस्या भएपनि नेपाल पारावाहन तथा गोदाम लिमिटेड वेवास्ता गरेको उनले बताए।
एक्सरे मेसिन बनाउन वा नयाँ खरिद गर्न आफूहरूले ध्यानकर्षण गराए पनि बजेट नभएको जवाफ पाएको सुवेदीले बताए । उनले एक्सरे मेसिन नबनेसम्म कुनै पनि सामान क्लियरिङ नगर्ने र फरवार्डिङ पनि नगर्ने बताए।