उमागौरीका अध्यक्ष अदालत हाजिर, बयान नसकिएपछि प्रहरीको जिम्मा

उमागौरीका अध्यक्ष अदालत हाजिर, बयान नसकिएपछि प्रहरीको जिम्मा
उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार।
सुन्नुहोस्

विराटनगर : मोरङको धनपालथान गाउँपालिका-४ स्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार अदालतमा हाजिर भएका छन्। 

सहकारीको रकम अपचलन गरेको विषय बाहिरएपछि लामो समयदेखि फरार रहेका उनी सोमबार बिहान जिल्ला अदालत मोरङमा आफैं उपस्थित भएका हुन्। रौनियारसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारीको बचत अपचलन मुद्दा अदालतमा दर्ता भएको छ। न्यायाधीश अरुणकुमार झाको इजलासमा रौनियारको बयान भएको छ।

तर, बयान सकिएन। बयान नसकिएपछि उनलाई मंगलबार उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाएर पठाइएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। ‘बयान नसकिएपछि प्रहरीको जिम्मा लगाइएको छ। बाँकी बयान मंगलबार लिइने छ। बयान सकिएपछि थुनछेक बहस हुन्छ,’ उनले भने। 

वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएपछि अदालतले रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउने अर्थात् धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिने छ। सरकारी लामो समयदेखि बन्द गरेर रौनियार फरार भएका थिए।

उमागौरी सहकारीको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला, रंगेली नगरपालिका-२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान गाउँपालिका-४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलगायत २६ जनालाई प्रतिवादी बनाइएको छ। प्रहरीले बुझाएको मिसिल (अनुसन्धान प्रतिवेदन)का आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै मंसिर २७ गते अदालतमा मुद्दा दायर गरेको थियो। 

हिनामिना भएको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको हो। मुद्दाको अनुसन्धानका क्रममा पूर्ववडाध्यक्ष चौधरीमात्रै पक्राउ परेका थिए। उनलाई अदालतको पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। आदेशलगत्तै उनलाई कारागार चलान गरिएको छ।

गत पुस २४ गते अदालतमा उपस्थित भएकी अञ्जला अदालतले धरौटीबापत माग गरेको १० लाख रूपैयाँ बुझाएर छुटेकी थिइन्। वडाध्यक्ष खवास ५ लाख धरौटी बुझाएर छुटेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.