आगलागीका घटना बढेपछि नवलपरासीमा पूर्वअभ्यास

आगलागीका घटना बढेपछि नवलपरासीमा पूर्वअभ्यास
सुन्नुहोस्

परासी : आगलागी नियन्त्रणका लागि आम सर्वसाधारणलाई सचेतना जगाउन जिल्ला सुरक्षा समिति नवलपरासीले पूर्वतयारी अभ्यास कार्यक्रम गरेको छ। पछिल्लो पटक जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना बढ्न थालेपछि पूर्वअभ्यासमार्फत नियन्त्रणका उपायका बारेमा सर्वसाधारणलाई जानकारी गराइएको हो। 

परासी सदरमुकामको खेलमैदानमा आयोजना गरिएको पूर्वअभ्यास कार्यक्रममा विभिन्न ८ वटा कृतिम घरमा आगो लगाएर नियन्त्रणका उपायका बारेमा जानकारी गराइएको थियो। मानवीय असावधानी र प्राकृतिक प्रकोपबाट हुन सक्ने आगलागीलाई उपकरणको अभावमा पनि स्थानीय स्रोत साधनको परिचालन गरेर आगलागीका घटनालाई नियन्त्रण गर्न सकिने उपायका बारेमा जानकारी गराइएको थियो। 

कार्यक्रममा आगलागी घटनामा परेका सर्वसाधारणलाई उद्धार गर्ने तरिका, विस्थापितहरुलाई सुरक्षित स्थानमा लगेर राख्ने उपायका बारेमा पनि जानकारी दिइएको थियो। जिल्लामा आगलागीका घटनाहरू बढ्दै गएको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले स्थानीय तहमा भएका अग्नी नियन्त्रणका उपकरणहरूलाई सुरक्षा निकायमा एकीकृत गर्न सके आगलागी नियन्त्रणमा सघाउ पुग्ने बताए। 

नवलपरासीमा तीन दिनमा भएको आगलागीबाट १५ बढी कच्ची घर जलेर नष्ट भएका छन्। पशुचौपाय, अन्नबाली गरी लाखौं रुपैयाँको क्षति पुगेर विस्तृत क्षतिको विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी पन्थीले जानकारी दिएका थिए। सबैभन्दा बढी गहुँ काटिसकेपछि खेतमा छाडिएको नलमा आगो लगाउँदा आगलागीका घटनाहरू हुने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.