इलाम २ मा ‘पहिचानको परीक्षा’

इलाम २ मा ‘पहिचानको परीक्षा’
डकेन्द्र सिंह थेगिम

माङ्सेबुङ (इलाम) : डकेन्द्रसिंह थेगिमको मनमा पहिचानको मुद्दा तुहिने हो कि भन्ने चिन्ता छ। त्यहि भएर ६८ वर्षको उमेरमा पनि उनी प्रतिनिधि सभाअन्तर्गत इलाम - २ उपनिर्वाचनमा पहिचानवादी स्वतन्त्र उम्मेद्वारको रुपमा उभिएका छन्।

प्रतिस्पर्धी १९ उम्मेद्वारमध्ये थेगिङ जेठा उम्मेदवार हुन्। उनी भन्छन् ‘पहिचान र विकासको एजेण्डालाई सँगै लैजाने योजनामा छ।’

मतदानको दिन आउन पाँच दिन मात्रै बाँकी रहदा थेगिङ किरात धर्मगुरु आत्मानन्द लिङ्देनलाई दर्शन गरेर फर्कँदै थिए। ढोकाबाट निस्कदै गर्दा उनले भने, ‘सबै वडामा त पुग्न सकिएन तर रिपोर्टिङ राम्रो आएको छ।’  

मुढा चुनाव चिन्ह लिएर ४१ घटक पहिचान पक्षधरको समर्थनमा उम्मेदवार बनेका उनलाई नेसपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, धरान उपमहानगरका प्रमुख हर्क साम्पाङसहित पहिचान पक्षधरको साथ छ। 

कोशी प्रदेश हटाएर पहिचान झल्कने नाम राख्नुपर्ने एजेण्डासहित मतदाताको घरघरमा पुगिरहेका छन्। नेपाली कांग्रेस, एमाले, माओवादीका युवा कार्यकर्ता उनको पहिचानको मुद्दाको पछि कम्मर कसेर लागेका छन्। अधिकाशंले थुगिङको उम्मेद्वारीलाई पहिचानको परीक्षणका रुपमा हेरेका छन्। थेगिम भन्छन्  ‘पहिचान, अधिकार सुशासन दीगो शान्ति र समृद्धि तथा विकास छ। पहिचानको विषय अहिले उठेको छ यो पार्टीले स्थापित गर्न सक्दैन। किनभने पहिचान शब्दको अर्थ पार्टीले बुझेन।’ 

पार्टीले नबुझेपनि यस पटक पार्टीका कार्यकर्ताले बुझेर पहिचानको पक्षमा मतदान गर्ने कुरामा थेगिम आशावादी देखिन्छन्। थेगिमको आक्रामक उपस्थितिको कारण दलहरुलाई भने आफ्ना कार्यकर्ता जोगाउन धौधौ परेको माङ्सेबुङ गाउँपालिका- १ को मनमाया लिम्बु बताइन्। 

‘थेगिमको पक्षमा दल नभनी युवाहरु लागेका छन्, हामी पनि मत बदल्ने विचारमा छौँ।’ अन्नपूर्णसँग कुरा गर्दै उनले भनिन् ‘सबै जातजातिले समान रूपमा मौलाउन पाउनुपर्छ। सबैको सभ्यता संस्कृतिको उत्थान र संरक्षण राज्यले गर्नुपर्छ। तर, यहाँ एक जात र एकल सम्प्रदायको मात्र हो जस्तो गरियो।’ 

एउटा जातिले आफ्नो पहिचानको कुरा उठाउँदा अर्काको पहिचान र अस्तित्वमाथी दखल पुग्नु नहुने कुरामा थेगिम सचेत छन्। उनी भन्छन् ‘यहाँको आदिवासीहरूको पहिचान खोज्दा अन्य जातिको पहिचान तथा खस आर्यको पहिचान खोज्दा अन्य आदिवासीको पहिचान मेटिनु हुँदैन।’ 

०८४ को निर्वाचनमा आधा सांसद पहिचान पक्षधर पुर्‍याउने थेगिमको दावी छ। अब पहिचानको मुद्दा नबोक्ने उम्मेदवार गाउँ नै छिर्न नसक्ने उनी बताउँछन्। पहिले विकासका कुरा गर्ने मतदाता अहिले पहिचान,अधिकार र विकासको एजेण्डा खोज्न थालेको उनको भनाई छ। 

null

लामो समय नेकपा एमालेको कार्यकर्ताको रुपमा काम गरेका थेगिम एमालेबाट अलगिएर स्वतन्त्र उम्मेद्वारी दिएका हुन्। उनले भने,‘कम्युनिष्ट राजनीतिले समानताको कुरा उठाउँछ, समाजको सबै सभ्यता र संरचनालाई मुलधारमा ल्याउँछ भन्ने मेरो विश्वास थियो। तर, मेरो अपेक्षा विपरित एमाले र कम्युनिष्ट राजनीति रहेछ। सिद्धान्त र दर्शन हैन व्यक्तिवाद हाबी भयो र कम्युनिष्ट राजनीतिले सबै शोषित उत्पीडित आदिवासी दलित मधेशीहरूको मुक्ति सम्भव छैन भनेपछि मैले एमाले छाडेको हो।’ 

जबरजस्त रुपमा पहिचानको मुद्दा उठेपछि नेपाली कांग्रेस,नेकपा एमाले,रास्वपा लगायतका दलले आफूपनि पहिचानवादी भएको दावी पेश गर्न थालेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, रास्वपाका केन्द्रिय सभापति रवि लामिछाने सहितले पहिचानको पक्षमा आफूले काम गरेको स्पष्ट पारेका छन्। तर,कोशी प्रदेशनै खारेज गर्नुपर्छ भनेर सडकमा आएको समुदाय दलहरुको भनाईप्रति उनीहरु सहमत छैनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.