‘प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि हरिजनमाथि गोली प्रहार गरियो’

‘प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि हरिजनमाथि गोली प्रहार गरियो’
सुन्नुहोस्

विराटनगर : मोरङमा लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबारमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। 

लागूऔषध नियन्त्रण ब्युरो काठमाडौंबाट खटिएको टोलीले रतुवामाई नगरपालिका–६ मा कादुपाडामा मंगलबार दिउँसो ३ बजेतिर गोली चलाएको हो। मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार गोली हानेर ब्राउन सुगरका कारोबारी भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ। भारतको किसनगञ्ज–८ घर बताउने ३४ वर्षीय भगीरथ हरिजनलाई पक्राउ गरिएको उनले बताए। 

हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई आक्रमण गरेपछि पेस्तोलबाट २ राउण्ड गोली फायर गरिएको प्रहरीले जनाएको छ। उनको दाहिने तीघ्रामा गोली लागेको छ। शंकास्पद अवस्थामा भेटिएका उनलाई प्रहरीले पिछा गरेको थियो। हरिजनलाई बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाइकलमा भाग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। 

तर, प्रहरीमाथि नै जाइलागेपछि गोली चलाउनु परेको बताइएको छ। घाइते अवस्थाका हरिजनलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी लगिएको छ। उनको साथबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने १ सय ५८ ग्राम धुलो पदार्थ (प्लाष्टिकसहित) बरामद भएको प्रहरीले जनाएको छ। 

हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी सहायक निरीक्षक नवीन साही सामान्य घाइते भएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी कार्कीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.