स्वास्थ्य शिविरबाट चन्द्रकोटका झण्डै १८ सय नागरिक लाभान्वित

स्वास्थ्य शिविरबाट चन्द्रकोटका झण्डै १८ सय नागरिक लाभान्वित
सुन्नुहोस्

गुल्मी : स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूको पदबहालीको २ वर्ष पूरा भएको उपलक्ष्यमा गुल्मीको चन्द्रकोट गाउँपालिकामा निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नागरिकको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिकाले एकदिने बृह्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। 

शुक्रबार गाउँपालिकाको केन्द्र शान्तिपुरमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट सुगर, प्रेसर, थाइराईड्स, दम, पेट, छाती, यौनरोग, हाडजोर्नी तथा नशारोग, महिला प्रसूति तथा स्त्री रोग, छाला तथा यौन रोग यूरो सर्जन रोगका बिरामीले सेवा लिएको चन्द्रकोट गाउँपालिका उपाध्यक्ष विष्णप्रसाद भण्डारीले जानकारी दिए।

फिजिसियन सेवातर्फ ५ सय ८०,हाडजोर्नी तथा नशारोग तर्फ ३ सय ४७,महिला प्रसूति तथा स्त्री रोग तर्फ १ सय ६० युरो सर्जनतर्फ २४, छाला तथा यौन र आँखा उपचारमा १५९ प्रयोगशालातर्फ १ सय ५४ जना सर्वसाधारणले शिविरबाट सेवा लिएका छन्। एकदिने बृहत् स्वास्थ्य शिविरमा चन्द्रकोटबासीसँगै सत्यवती, बागलुङको बरेङ लगायतका स्थानका केही नागरिकले समेत निःशुल्क स्वास्थ्य परीक्षण गराएको गाउँपालिकाले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.