बागलुङ लिग उपाधिका लागि बाल जीवन र पावर फिटनेस भिड्ने

बागलुङ लिग उपाधिका लागि बाल जीवन र पावर फिटनेस भिड्ने
सुन्नुहोस्

बागलुङ : बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधिका लागि बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ) र पावर फिटनेस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। 

शनिबार समुह ‘ख’को अन्तिम चरणको खेलमा बाल जीवनले रामरेखा फुटबल क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। बाल जीवनको जितमा निश्चल महतले ह्याट्रिक गरे। खेलको १८ औं मिनेटमा पहिलो गोल गरेका निश्चिलले खेलको ६० औं र ६३ औं मिनेटमा गोल गर्दै प्रतियोगितामा आफ्नो पहिलो ह्याट्रिक गरे। बाल जीवनका लागि खेलको ३२ औं मिनेटमा सोनम विक र खेलको ५८ औं मिनेटमा विपुल कार्कीले गोल गरेका थिए।

बाल जीवनले समुह ‘ख’मा अपराजित रहँदै नौं अंकको साथ शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो। प्रतियोगितामा कुनै अंक जोडन नसकेको रामरेखा रेलिगेशनमा परेको छ। रामरेखाले प्रतियोगितामा १२ गोल खादा २ गोल मात्र गर्न सक्यो।

पावर फिटनेस क्लब शुक्रबार नै फाइनल पुगिसकेको छ। शुक्रबार पावर फिटनेसले रुद्रेपिपल युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै समुह ‘क’को शिर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको थियो। फाइनल खेल आईतबार दिउँसो हुने आयोजक बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए।

यस्तै शनिबारको दोस्रो खेल तथा समूह ‘ख’को अन्तिम खेल वर्षाको कारण अवरुद्ध भएपछि एक/एक अंक बाढेका छन्। गुठी युनाइटेड र वीर गोर्खाली विचको खेलको सुरुवातमा भारी वर्षा भएपछि दुई टिमसँगको सहमतिमा एक/एक अंक बाँडिएको अध्यक्ष राजभण्डारीले बताए।

जिल्ला फुटबल संघले ८ टिम सहभागी लिगलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता संचालन गरेको थियो। लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही ५ हजार प्रदान गरिने कोषाध्यक्ष सूर्य लामिछानेले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.