दोलखामा अखाद्य वस्तु जफत

दोलखामा अखाद्य वस्तु जफत
सुन्नुहोस्

दोलखा : दोलखामा अखाद्य वस्तु जफत गरेर नष्ट गरिएको छ। बैतेश्वर गाउँपालिकाले आइतबार  बजार अनुगमन गरेर ४ लाखभन्दा बढीको अखाद्य वस्तु नष्ट गरेको हो। 

गाउँपालिकाको बजार अनुगमन टोलीले म्याद गुज्रिएका अखाद्य वस्तु नष्ट गरेको हो। पालिकाले स्थानीय उद्योग वाणिज्य संघ, इलाका प्रहरी चौकी, स्थानीय सञ्चार माध्यमसँग समन्वय गरेर बजार अनुगमन गरेको थियो। 

अनुगमनको क्रममा बजारका विभिन्न पसलबाट म्याद गुज्रिएका करिब चार लाख मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको गाउँपालिका अध्यक्ष छवि लामाले बताए। स्थानीय प्रशासनले अखाद्य वस्तु बिक्री गर्दै आएका तथा इजाजत नलिई व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको अध्यक्ष लामाले बताए। 

बजारका धेरैजसो ठूला खाद्यान्न पसल र गाउँका पसलमा म्याद गुज्रिएको सामान फेला परेको गाउँपालिका प्रशासन प्रमुख रवीन्द्र चौलागाईंले बताए। उनका अनुसार म्याद गुज्रिएका सामानमा कोकाकोला, खाने तेल, दालमोठ, आटा पिठो, भुजिया, बिस्कुट, चकलेट, चिजबल, चियापत्ति, कफी, दाल, चामल,चिउरा , मसला लगायत रहेका छन्। 

टोलीले पालिकाका सयभन्दा बढी पसल अनुगमन गरेको थियो। पालिकाले बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.