समय अगावै निर्वाचन भए पनि एमालेले बहुमत ल्याउँछ : वरिष्ठ उपाध्यक्ष पोखरेल
नुवाकोट : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समय अगावै निर्वाचन भए पनि एमालेले बहुमत ल्याउने दावी गरेका छन्। नेकपा एमाले नुवाकोटको आठौँ जिल्ला अधिवेशनको मंगलबार उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मिसन अगाडि नै
निर्वाचन भए पनि एमालेको बहुमत आउने दावी गरेका हुन्।
उनले मिसन ८४ कै लागि एमालेले अहिलेको गठबन्धन गरेको बताए। उनले एमालेले विभिन्न अनियमितता र भ्रष्टाचारको खबरदारी गर्ने बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ मा एमालेले एकल बहुमतको सरकार बनाउने बताए। यसअघि एमालेमाथि निक्कै प्रतिकुलता भएपनि त्यसलाई चिर्न एमाले सफल भएको उनको दावी छ।
‘यसअघिका चुनावमा एमाले धुलोमा मिल्छ भन्ने भ्रम छरिएको थियो। त्यसलाई चिर्न एमाले सफल भएको छ। धुलो टक्टक्याएर एमाले उठेको छ। जनताले अब एमालेलाई बहुमतसिद्ध दल बनाउँछन्,’ उनले भने।
अहिलेको सत्ता समीकरण एमालेको पहलमा भएको पोखरेलको भनाइ छ। ‘अहिलेको समीकरण पुरानो गठबन्धन भत्काउन चाहन्थ्यौ। यसर्थ अहिलेको समीकरण एमालेको पहलमा भएको हो,’ उनले भने।
प्रतिक्रिया दिनुहोस !