भद्रपुरमा ट्याम्पोसहित भन्सार छलेर ल्याएको सुर्ती बरामद
झापा : प्रहरीले भन्सार छलेर ल्याएको धुलो सुर्तीसहित इलेक्ट्रिक ट्याम्पो र चालकलाई नियन्त्रणमा लिएर भन्सार बुझाएको छ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भद्रपुर नगरपालिका–३ स्थित ज्ञानेचोकमा आइतबार साँझ ६:४० मिनेटमा प्र १–०१–००२ ह २१६० नम्बरको इलेक्ट्रिक ट्याम्पोलाई रोकेर चेकजाँच गरेका थिए।
प्रहरीले सो ट्याम्पोमा भारतबाट अवैध रुपमा नेपाल भित्राएकोमा सात बोरा धुलो सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीले बरामद गरिएको सुर्ती, ट्याम्पो र ट्याम्पो चालक हल्दिबारी गाउँपालिका–२ बस्ने वर्ष ४० को हरिपलाल राजवंशीलाई ६ लाख ७० हजार मूल्यांकन तोकेर सोमबार भद्रपुर भन्सार कार्यालय बुझाइसकेको छ। ट्याम्पो चालक राजवंशीले एक लाख ७० हजार धरौटी बुझाएर छुटेको जनाइएको छ।