भारतीय प्रधानमन्त्री छिट्टै नेपाल भ्रमणमा आउने

भारतीय प्रधानमन्त्री छिट्टै नेपाल भ्रमणमा आउने
फाइल तस्बिर।

काठमाडौं : भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले छिट्टै नेपाल भ्रमण गर्ने भएका छन्। आफ्नो तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ लिएका मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको द्विपक्षीय वार्ताका क्रममा यस्तो भनेका हुन्। 

सोमबार साँझ नेपाल फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु। उनहाँले खुसी हुँदै उहाँले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ। यसअघिनै तय भइसकेको इटलीको भ्रमण सकेपछि नेपाल भ्रमणको योजना बनाउने कुरा भएको छ।’ 

‘छिमेकी पहिलो’ नीति लिएका आधारमा पनि नेपालबाटै भ्रमणको सुरुवात गर्न प्रधानमन्त्री प्रचण्डले मोदीलाई निमन्त्रणा गरेको भारतस्थित नेपाली दूतावासका अधिकारीले जानकारी दिएका छन्। 

शपथग्रहण समारोहपछि उनले भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट गरेका थिए। प्रधानमन्त्री प्रचण्डले मोदीसँगको भेटका विषयमा अगाडि भने, ‘नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन, अरूण जलविद्युत् आयोजना तथा कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा कुराकानी भएको छ।’

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्रीसँग विगतमा भएका सम्झौता कार्यान्वयनबारे पनि छलफल भएको बताए। उनले भने, ‘मोदीजीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरूण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भयो।

सोमबारै प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए। भेटमा नेपाल र भारतबीचको सदियौं पुरानो एवम् घनिष्ठ सम्बन्ध आगामी दिनमा थप बलियो बनाउने विषयमा छलफल भएको प्रचण्डले बताएका छन्।

भारतीय नवनियुक्त विदेशमन्त्री डा. एस जइशंकरसँग पनि प्रधानमन्त्री प्रचण्डको भेट भएको थियो। प्रधानमन्त्री प्रचण्डले भ्रमण क्रममा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की) का प्रतिनिधिसँग पनि भेट गरी नेपाल र भारतबीच व्यापार तथा लगानीका विषयमा छलफल गरेका थिए। प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका खेल्ने मैले विश्वास लिएको छु। त्यसका अतिरिक्त दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको छ।’ 

प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री दाहाल नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आइतबार साँझ भएको सपथ ग्रहण कार्यक्रममा सहभागिता जनाएका थिए। कार्यक्रममा दक्षिण एशिया लगायत विभिन्न देशका राष्ट्र तथा सरकारप्रमुख सहभागी थिए।

भ्रमणको मुखमा राजदूत फिर्ता बोलाउँदा ध्यान पुगेन

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि राजदूत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुग्न नसकेको बताएका छन्। उनले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही ढिला फिर्ता बोलाएको भए पनि हुने थियो भन्ने विषयलाई स्विकार गर्दै दाहालले शर्माले भारत भ्रमणका क्रममा राम्रो भूमिका निभाएको बताए। उनले भने, ‘भारत भ्रमणलाई लिएर क्याबिनेटमा यो विषय प्रस्तुत भए पनि दुई दिन रोक्न सकिन्थ्यो त्यसमा ध्यान गएन। यद्यपि शर्माजि मेरो स्वागतमा आउनु पनि भएको थियो। सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो। मैले धन्यवाद पनि भनेर आएको छु। यो त्यही बेला पर्नु संयोग हो।’

एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संसद् विघटन बाध्यता भएका विषयमा भनेका छन्, ‘नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीजीले यो धारणा सधैं राख्दै नै आउनुभएको छ। उहाँको धारणा, उहाँको पार्र्टीमा प्रस्तुत गर्नुभएको हो। यसले गठबन्धनलाई केही असर गर्दैन।’ प्रधानमन्त्री दाहालले सार्कलाई सक्रिय पार्ने कुरादेखि सीमासँगका मुद्दा र व्यापार पारवाहनसँगसम्बन्धित मुद्दालाई सक्रिय बनाइ संवादबाट समाधान गर्न सकिने बताएका छन्। ‘मैले सार्कलाई सक्रिय पार्नेदेखि सीमासम्बन्धी संयन्त्रलाई सक्रिय पारेर विवाद समाधन गर्नुप¥यो भनेर प्रधानमन्त्रीजी र विदेशमन्त्रीसँग कुरा राखेको छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.