क्यानमाथि विश्वकपमा आर्थिक अपचलनको आरोप छ, आयोग गठन गरेर छानबिन गरौं : आचार्य


काठमाडौं : नेकपा एमाले सांसद भीमप्रसाद आचार्यले नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक अपचलन गरेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद आचार्यले अमेरिका र वेस्ट इण्डिजको संयुक्त आयोजनामा भइरहेको विश्व कपमा क्यान नेतृत्वबाट अमेरिकामा अनेकौं खालका गलत काम गरेको गुनासो आएको भन्दै आयोग गठन गरेर छानबिन गर्नुपर्ने माग गरे। 

उनले क्यान नेतृत्वले नेपाललाई जिताउन नभइ हराउन भूमिका खुलेको,खेलाडीहरूलाई शीर निहुराएर हिँड्नुपर्ने अवस्था बनाएको,आर्थिक अपचलन गरेकोजस्ता अनेकौं गुनासो आइरहेको बताए।

क्यानले सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगराउँदा अमेरिकाले भीसा नदिएको उनले दावी गरे। उनले अवैधरुपमा जर्सीहरू लगेर अमेरिकामा नेपालीहरूलाई महंगोमा बेचेर रकम हिनामिना गरेको गुनासो आएको बताए।

'सर्वोष्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगराउँदा उनले भीसा पाएन। जिताउन लाग्नुपर्ने क्यान नेतृत्वको टोलीले राम्रो खेलाडीलाई हराएर किन टिम बनायो। नेपाललाई जिताउने हो कि हराउने काम गरेको हो त्यहाँ नेपालीले कुरा उठाएका छन्। १० जनाको टोलीमा जाने सर्पोर्टिङ ग्रुप स्टाफ भन्ने हुन्छ। डाक्टरको अनिवार्य राख्नुपर्छ। डाक्टरलाई कटाएर एकजना महिलाको नाम राखियो। जसले गर्दा आइसीसीले अस्वीकार गर्यो। यसले नेपालीको प्रतिष्ठामा ठूलो  आघात पुगेको छ,'उनले भने,'खेलाडीहरूलाई  होटलमा उभ्याएर त्यहाँ चन्द उठाएर दुरूपयोग गरेको गुनासो आएको छ। अवैधरुपमा जर्सीहरू अमेरिका लगेर नेपालीहरूलाई महंगोमा बेचेर रकम हिनामिना गरेको गुनासो आएका छन्। अमेरिका बस्ने नेपालीहरूबाट चन्दा उठाइ क्यानको खातामा जम्मा नगरेको गुनासो आएको छ। ८० डलर पर्ने टिकट १३५ डलर ब्ल्याकमा बिक्री गरेको गुनासो आएको छ। ४०० वटा टिकट र २० वटा भीआईपी पासको पनि अवैध ढंगले बिक्री गरेको भन्ने गुनासो आइरहेको छ। आयोग गठन गरेर क्यानमाथि छानबिन हुनुपर्छ।'

 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.