गाउँमा सडक निर्माण

गाउँमा सडक निर्माण

जनकपुरधाम : ४० डिग्रीभन्दा बढी गर्मीमा तपतप पसिना चुवाउँदै श्रवण बैठा कोदालो चलाउन व्यस्त भेटिए। उनले आफ्नै गाउँमा यति धेरै श्रम  गरेर कृषि सडक बनाउने काम गरिरहेका छन्। महोत्तरी गाउँपालिका-३ मडै गाउँका बैठासँगै विजय पाण्डे पनि सडक बनाउन लागि परेका छन्। 

कृषि सडक निर्माण भएपछि गाउँका किसानहरूका लागि खेतबारीमा पुग्न सहज हुने भएकाले उनीहरू काममा जुटेका हुन्। रोजगार कार्यक्रममा संलग्नहरूले ४ किलोमिटरभन्दा बढी कृषि सडक निर्माण गरिसकेका छन् भने कृषि कार्यलाई सहयोग गर्न विभिन्न कामहरूमा पनि संलग्न भएका छन्। 

महोत्तरी सोनुखराका उपेन्द्र चमार गत वर्षसम्म बेरोजगार थिए। तर, यस वर्ष उनले प्रधानमन्त्री रोजगार कार्यक्रममा काम पाए। गाउँघरमै काम पाएपछि चमार निकै खुशी छन्। ‘आफ्नै गाउँ ठाउँमा आफ्नै फाइदाका लागि काम गर्न पाएका छौं। अहिले वर्षाको समय छ। अहिले मेहनत गरेर यो कृषि सडक बनाइराखेका छौं। यसको निर्माणले गाउँलेलाई खेतिपाती गर्न निकै सजिलो हुन्छ। हामीलाई पनि काम गर्दा सन्तुष्टि भएको छ।’

चालु आर्थिक वर्षमा कार्यक्रम अन्तर्गत गाउँपालिकामा ४० जनालाई सय दिनका लागि रोजगारी दिइएको छ। सय दिनलाई सदुपयोग गरेर  कामदारहरूले काम गरिरहेका गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार संयोजक शोभाकान्त पाण्डेले बताए। ‘हाम्रो पालिकामा कामदारहरू नियमित रुपमा काम गरिरहेका छन्। २४ जनाले त सय दिने कामको अवधि पूरा पनि गरिसकेका छन्। अन्य १५ जनाले ५५ दिन काम गरिसकेका छन्। उनीहरूले कामलाई निरन्तरता दिइरहेका छन्। हामीले पालिकामा ६ वटा कृषि सडक निर्माण सम्पन्न गरेका छौं।’

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत संलग्न व्यक्तिले सय दिन श्रम दिनु पर्ने हुन्छ। जसबापत दिनको पारिश्रमिक ६६८ रुपैयाँका दरले उपलब्ध गराइन्छ। कार्यक्रम सञ्चालनको समग्र जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ। 

सोच र उद्देश्य सही भए पनि कार्यक्रमले सोचे जस्तो उपलब्धि हासिल गर्न नसकेको युवा अभियन्ता धिरज ठाकुरले बताए। मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये आयोजनामा प्रविष्ट गरेका स्थानीय तहको संख्या १३५ वटा छन्। जस अन्तर्गत १९ सय ६३ वटा आयोजनाहरू सञ्चालन रहेका छन् जसमा रोजगारीमा संलग्न भई ६ हजार ५८८ व्यक्तिले भुक्तानी प्राप्त गरिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.