एमालेलाई बदनाम गर्न मिथ्या प्रचार गरे : केपी ओली

एमालेलाई बदनाम गर्न मिथ्या प्रचार गरे : केपी ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकासको बाटोतर्फ अघि बढाउने राष्ट्रिय शक्ति एमालेलाई निर्णायक तहमा पुग्न नदिन मिथ्या प्रचार गरिएको बताएका छन्।

बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मिथ्या प्रचार गरिएको बताए।

गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि एमाले सरकारले कानुन बनाएकै कारण बेचेर खान नपाइने भयो भनेर एमालेको विरोधमा स्यालहुँइया मच्चाएको उनले बताए। उनले कांग्रेस वर्षौंसम्म सरकारको नेतृत्व गरेर बसे पनि सिन्को भाच्न नसकेको बताए। धाँधली गरेर कांग्रेसले चुनाव जितेको भन्दै स्वस्थ प्रतिस्पर्धामा आउन चुनौती दिए।

ओलीले देशलाई विकास गर्नका लागि एमालेलाई स्पष्ट बहुमत चाहिएको भन्दै मिसन ८४ मा केन्द्रित हुन निर्देशन दिए। ओलीले पार्टीभित्रको एकताकै कारण एमाले सिध्याउँछौं भन्नेहरू असफल भएको बताए। उनले पार्टीभित्र अन्तरसंघर्ष नभई अन्तरसंबादका माध्यमबाट अघि बढ्नुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.